Saturday 7th March 2026

चन्द्रावती अधिकारीका ५ वटा मुक्तकहरू



तनभरि मनभरि हरि हरि लेखिरह्याै,
तर पनि संसार याे अन्धकार देखिरह्याै।
सत्सङ्गले सुधारेन तिम्रो मनको मैलो यहाँ,
माया मोह जालले नै आँफूलाई छेकिरह्याै।


अयोध्यामा जाऊ चाहे मथुरामा जाऊ तिमी,
साकाहारी बन्छु भन्दै जति वाचा खाऊ तिमी ।
हत्या हिंसा रोकिँदैन व्यवहारिक जालभित्र,
देखाउन कण्ठी माला रुद्राक्ष नै लाऊ तिमी।


पूजा आजा गर्न जाँदा सेल्फी खिच्नै ठिक्क देख्छु
अघिपछि जिन्दगी यो धेरैको नै दिक्क देख्छु।
न्याय अनुशासन छैन संस्कृतिको ह्रास छायो,
सबै यहाँ ढोँगी मात्रै साधु मिलिक्क देख्छु।


अठार ती पुराणमा दुई मात्र विधा रैछन्
धर्मतीले कल्याण गर्ने पापी दुख दिँदा रैछन्।
जन्म जन्म कयाैं जन्म पाप गर्नेहरु पनि ,
क्षमा गरि प्रभु जीले शरणमा लिँदा रैछन् ।


जप ध्यान तपस्याले तन मन राम्रो हुन्छ ,
लोभ मोह त्यागे पछि सबै यहाँ हाम्रो हुन्छ।
मरिजाँदा लाने के हाे? चार हाते कात्रो मात्र
बुझेर नि मानिसको मन किन चाम्रो हुन्छ?

चन्द्रावती अधिकारी
लमजुङ दुराडाँडा – २
हाल:- कोहलपुर बाँके


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...