Friday 16th October 2026

कविताः जीवात्मा – छन्द: शार्दूलविक्रीडित -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺

मान्छेका मनमा अनेक थरिका राम्रा नराम्रा दुवै
सारा भावहरू लुकेर रहने विश्वास राख्छन् सबै
जिज्ञासा गहिरो रहेर रमिता जिज्ञासु बनेकी अति
के होला जनको पवित्र मनमा ज्यादा गरेको क्षति ।🌷🙏🌺

छुल्याहा कपटी बनेर मनुवा डुल्दै हिँडेका कता ?
बाबाको गुरुको रहेन मनितो गाली गरेका त्यता
आमाको महिमा भुलेर गरिमा भागी जुनेली कता ?
छुस्केरो मनमा बसेर मनुवा छुच्चा भएका त्यता ।🌷🙏🌺

जन्मक्षेत्र भुली असाध्य मनुवा लोभी फटाहा निकै
बेवास्ता जननी अपार धरती साथी भुलेछ्न् कतै
जिम्मेवार नभै विनाश सँगमा बोकी डुलेका बडो
बेइन्साफ लुटी प्रशस्त ढुकुटी खाए चपाए अहो ।🌷🙏🌺

ब्रम्हा विष्णु महेशको भुवनमा निन्दा भएको किन ?
पापी राक्षसको असाध्य जगमा पूजा भएको किन ?
मान्छेका तनका अटेर मनका निर्लज्ज क्रीडाहरू
जीवात्मा कविता बनेर सरिता पारुन् सखापै बरू ।🌷🙏🌺

ब्रम्हाले अणिमा अपार महिमा शिक्षा पढाई दिए
देवीले गरिमा कठोर लघिमा भाषा सिकाई दिए
यस्तो प्राप्ति भई रमेर गुनिला प्राकाम्य आए यता
आनन्दी वशिता रमेर सविता आनन्द ती ईशिता ।🌷🙏🌺

हरि शर्मा (सुवेदी)- गलकोटे कवि
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...