Tuesday 27th January 2026

धर्मिला कार्कीको गजल संग्रह – १४


शिव ब्रह्मा शिव विष्णु शिव नै महेश्वर ।
अनादि अनन्त महांकाल उनै विश्वम्भर ।

भूतप्रेत साथमा लिई भाङ्ग धतुरो खाने
खरानी घसि बाघको छाला बेर्छन् दिगम्बर ।

कालकुट विष निलेर प्राणीलाई बचाए
उग्र हुँदा अनेक रुप विरभद्र भयकंर ।

त्रिलोकका अधिपति सृष्टि र संहारकर्ता
भक्ति गर्छन् उनैको देवता राक्षस र नर ।

दु:ख हर्ने,भवसागर तार्ने दयालु भगवानको
भक्तिभाबले भजन गाऊ हर महादेव हर ।

-धर्मिला कार्की
चिसंखुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३ काठमाडौं


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...