Wednesday 31st December 2025

धर्मिला कार्कीको गजल संग्रह – १३


दोधक छन्द
SII SII SII SS

नाटक मञ्चन गर्दिन साथी ।
हेर्छु म सागर तर्दिन साथी ।

कोमल त्यो मन पत्थर देखे
भो अब निर्भर पर्दिन साथी ।

अश्लिल संगत, दुष्ट मनैमा
घात भयो अब चर्दिन साथी ।

कर्मजिवी बनि बाँच्नु छ मैले
बादलमा बिउँ छर्दिन साथी ।

हर्ष,उमंग लिएर म हिड्छु
रोदनले मुटु भर्दिन साथी ।

धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगञ्ज-३, काठमाडौं
२०७७/११/२३


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...