Friday 6th March 2026

धर्मिला कार्कीको गजल संग्रह – १३


दोधक छन्द
SII SII SII SS

नाटक मञ्चन गर्दिन साथी ।
हेर्छु म सागर तर्दिन साथी ।

कोमल त्यो मन पत्थर देखे
भो अब निर्भर पर्दिन साथी ।

अश्लिल संगत, दुष्ट मनैमा
घात भयो अब चर्दिन साथी ।

कर्मजिवी बनि बाँच्नु छ मैले
बादलमा बिउँ छर्दिन साथी ।

हर्ष,उमंग लिएर म हिड्छु
रोदनले मुटु भर्दिन साथी ।

धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगञ्ज-३, काठमाडौं
२०७७/११/२३


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...