Wednesday 8th April 2026

कविता : मेरी छोरी -कमला पाण्डेय तिवारी


सम्झना छ छोरी मेरी घरकी एउटी परी ।
घर उज्यालो बनाउने दीप हौ नि छोरी ।।
नवै महिना कोखमा बस्यौ गर्दै लरिबरि ।
यो मुटुको धड्कन अनि श्वास हौ नि छोरी ।।

यो धर्ती मा आयौ तिमी वायु बेग सरि ।
चन्द्र जस्तै उज्यालो भो मेरो वरिपरि ।।
थियो घर रित्तो रित्तो जब भयो भरी ।
खुशी ले नै सिमा नाघ्यो जब आयौ छोरी ।।

ठुली भयौ ज्ञानी भयौ भयौ सोच भरी ।
तिम्लाई सुख दिन्छु भनी परदेश आको छोरी ।।
तिम्रै यादमा रातदिन मुटु गाँठो पारी ।
मलाई जस्तै तिम्लाई पनि भाहोला नि छोरी ।।

परदेशबाट आउँछ याद भिज्छन् यी परेली ।
मन मुटु तिमी मेरी जिन्दगी हौ छोरी ।।
लक्ष्य सधै अघि हुन्छ नहेर्नु है पछि ।
सधै सफल बन्नु तिमी आशिर्वाद छ छोरी ।।

सत्य कर्म सहि बाटो हिड्नु तिमी नछोडी ।
बिछ्याइएका समाजमा काँडा फाल्नु है छोरी ।।
के के लेखु कति लेखु पिडा छ नि मन भरी ।
तिमी सङ्गै हुन पाईन माफ गरिदेउ है छोरी ।।

प्रदेशमा साट्दै छु पसिना रगत बगे सरि ।
छिट्टै फर्की आउने छु वाचा गर्छु है छोरी ।।
छुट्ने बेला मन गरुङ्गो आँखा भरी भरी ।
मेरो खुशी सारा संसार तिमी हौ नि छोरी ।

कमला पाण्डेय तिवारी
हाल: इजरायल ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...