गजल
एकोहोरो बनाएर खै यो के गर्नु भो ।
दुई दिन भेट नहुँदा छट्पटीले मर्नु भो।
प्रशंसाका शब्दहरू बटुलेर कति
भोक निद्रा नभनेरै मनभित्र चर्नु भो।
दिल दिएर उदार बन्दै लोभ्याएर प्रिय
मन मुटु र अङ्गअङ्ग प्रेम रसले भर्नु भो।
मोहनी बोलिमा नौनी बनि पग्लिएर
सुगन्धित बास्ना चाहि कतातिर छर्नु भो।
तिमी बिना अपुरो छु भन्ने मान्छे आज
दिलबाटै पन्छिएर किन टाढा सर्नु भो।
‘कान्तिको’ लक्ष्य अब हरिनाम गाउँदै
यो झुटको संसारबाट भवसागर तर्नु भो।
-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज, काठमाडौं