Friday 10th April 2026

सोमनाथ लुइटेलको गजल संग्रह – ३


गजल

मनमा शान्ती छैन लजाएर के हुन्छ ।
पिरै पिरमा हात समाएर के हुन्छ ।।

माया हुदैन गुलाबको फुल दिँदैमा
निष्ठुरिले मलाइ बनाएर के हुन्छ ।

भर पर्नु कस्को सबै गर्छन् झुट्को खेती
शान्त बसेको मन चलाएर के हुन्छ ।

आत्माबल घट्दैछ तिम्रो बोलीबाट नै
खोक्रो मुखले कुरा चपाएर के हुन्छ ।

आत्मा साक्षी थियो त्यो नि उसैसंग गयो
फाटेको दिललाई फटाएर के हुन्छ ।

सोमनाथ लुइटेल रवि
पाल्पाली
हाल :- युगान्डा


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...