Friday 10th April 2026

कमला भण्डारी ढकालको गजल संग्रह – १


गजल

दिएर नजरको नजराना तिमीले ।
लुट्यौ दिलको खजाना तिमीले ।।

बार बार भुलायौ रुमानी साँझमा
दियौ खुसीको अश्रुदाना तिमीले ।

रम्नलाइ जुनतारा नै खसाल्नु पर्दैन
बुझ्नु मनका कुरा स-साना तिमीले ।

सबेरै उड्ने चरी फर्किनु है गोधुलिमा
नभुल्नु पर्खाइमा छ ठेगाना तिमीले ।

इशाराले पिलाउँछौ मातको प्याला
पलपल बनेर प्रेम दिवाना तिमीले ।

कमला भण्डारी ढकाल
गुल्मी , सत्यवती गा . पा ६


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...