Monday 26th January 2026

कविताः झुप्रोमा दियालो – छन्द: शिखरिणी -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी ।🌷🙏🌺

दियालो झुप्रोमा झलमल गरी जल्दछ जब
प्रवासी प्रस्थायी अलमल बिना फिर्दछ घर
सबैको आत्मामा सरल मनुवा बस्दछ जब
खुशीले हाँसौला सबजन मिली प्रार्थक तब ।१।🌷🙏🌺

प्रणाली बस्नेछिन् कुसुम मनकी प्राञ्जल बनी
गरीबी भाग्नेछिन् खलबल गरी बिक्षत बनी
सुरक्षा भिड्नेछिन् सबल करमा बन्दुक गरी
चुनेकी शिक्षाले प्रविधि घरमा कौशल सँगी ।२।🌷🙏🌺

उजेली डुल्नेछिन् हिमशिखरका पर्वत जता
खुशीमा भुल्नेछ्न् स्वसुर गृहमा शंकर त्यता
नदीले पोख्नेछिन् कलकल खुशी रौनक जति
शिलाले गर्नेछिन् ठिमठिम गरी नाटक अति ।३।🌷🙏🌺

उषाले भन्नेछिन् झटपट छिटो उठ्नुछ सँगी
निशा ती घुम्नेछिन् झिसमिस हुँदा दीपकसँगे
बनौँला नेपाली विकसित ठुला लेखक पनि
गरौँला नेपाली फकिर जनता कौशल सँगी ।४।🌷🙏🌺

मिलेरै बस्नेछ्न् सकल दलका मालिक पनि
डराई भाग्नेछिन् वनतिर झगडा पागल बनी
तुरुन्तै हट्नेछ्न् छल कपटका कर्तुत पनि
बसौँला नेपाली सकल जगका नायक बनी ।५।🌷🙏🌺

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...