Wednesday 18th March 2026

डिपोर्टेशन सेन्टरमा रहेकी नेपाली महिला कामदारको कुवेतमा उपचारको क्रममा मृत्यु


तीतोपाटी – डिपोर्टेशन मार्फत स्वदेश फर्कन लागेकी एक नेपाली महिला कामदारको कुवेतमा उपचारको क्रममा मृत्यु भएको छ । साँघु गाउँपालिका – १ ताप्लेजुङ स्थायी घर भइ हाल धरान बसोबास गरि करिब अढाइ वर्षदेखि कुवेतमा कार्यरत रहि स्वदेश फर्कन लागेकी ४४ वर्षीया देवी माया लिम्बुको उपचारको क्रममा कुवेतको फरवानिया अस्पतालमा यहि मार्च ७ तारिक बिहान मृत्यु भएको कुरा मृतकका भाइ देव लिम्बुले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् ।

राहदानी नं. ०८९८७७११ भएकी देवी माया भारतको बाटो हुँदै कुवेतमा घरेलु कामदारको रूपमा काम गर्न आएको र स्पोन्सरको घरबाट बाहिर निस्केर अवैधानिक रूपमा काम गर्दै बसेकी थिइन् । गत जनवरी ३१ तारिक नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाइ डिपोर्टेसन प्रकयाबाट घर जान लागेकोमा एक महिना देखि सम्पर्कबिहिन भइ अचानक हिँजो ७ मार्च तारिकको दिन मृत्यु भएको खबर प्राप्त गरेको भाइ देव लिम्बुले तीतोपाटी सँगको कुराकानीमा बताए ।

मृत्युको सम्बन्धमा नेपाली राजदूतावासमा बुझ्दा नेपाली राजदूतावासका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले मृत्यु बारे प्रारम्भिक जानकारी प्राप्त भए पनि अस्पतालको पोष्टमार्टम रिपोर्ट लगायत अन्य विवरण प्राप्त नभएकोले सबै विवरण प्राप्त भए पछि नेपालमा मृतकका परिवारजनसँग समन्वय गरि कानुनी प्रकृया पुरा गरि शव नेपाल पठाइने बताए ।

पारीवारिक स्थिति सुधार्नका लागि परदेश आएकी देवी मायाको परदेशमै मृत्यु भएको छ भने उनी कुवेत आएपछि उनका श्रीमानको पनि मृत्यु भइसकेको छ । हाल उनका २ छोरा र १ छोरी रहेको उनका भाइ देव लिम्बुले बताए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...