Monday 29th December 2025

डिपोर्टेशन सेन्टरमा रहेकी नेपाली महिला कामदारको कुवेतमा उपचारको क्रममा मृत्यु


तीतोपाटी – डिपोर्टेशन मार्फत स्वदेश फर्कन लागेकी एक नेपाली महिला कामदारको कुवेतमा उपचारको क्रममा मृत्यु भएको छ । साँघु गाउँपालिका – १ ताप्लेजुङ स्थायी घर भइ हाल धरान बसोबास गरि करिब अढाइ वर्षदेखि कुवेतमा कार्यरत रहि स्वदेश फर्कन लागेकी ४४ वर्षीया देवी माया लिम्बुको उपचारको क्रममा कुवेतको फरवानिया अस्पतालमा यहि मार्च ७ तारिक बिहान मृत्यु भएको कुरा मृतकका भाइ देव लिम्बुले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् ।

राहदानी नं. ०८९८७७११ भएकी देवी माया भारतको बाटो हुँदै कुवेतमा घरेलु कामदारको रूपमा काम गर्न आएको र स्पोन्सरको घरबाट बाहिर निस्केर अवैधानिक रूपमा काम गर्दै बसेकी थिइन् । गत जनवरी ३१ तारिक नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाइ डिपोर्टेसन प्रकयाबाट घर जान लागेकोमा एक महिना देखि सम्पर्कबिहिन भइ अचानक हिँजो ७ मार्च तारिकको दिन मृत्यु भएको खबर प्राप्त गरेको भाइ देव लिम्बुले तीतोपाटी सँगको कुराकानीमा बताए ।

मृत्युको सम्बन्धमा नेपाली राजदूतावासमा बुझ्दा नेपाली राजदूतावासका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले मृत्यु बारे प्रारम्भिक जानकारी प्राप्त भए पनि अस्पतालको पोष्टमार्टम रिपोर्ट लगायत अन्य विवरण प्राप्त नभएकोले सबै विवरण प्राप्त भए पछि नेपालमा मृतकका परिवारजनसँग समन्वय गरि कानुनी प्रकृया पुरा गरि शव नेपाल पठाइने बताए ।

पारीवारिक स्थिति सुधार्नका लागि परदेश आएकी देवी मायाको परदेशमै मृत्यु भएको छ भने उनी कुवेत आएपछि उनका श्रीमानको पनि मृत्यु भइसकेको छ । हाल उनका २ छोरा र १ छोरी रहेको उनका भाइ देव लिम्बुले बताए ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...