Friday 20th March 2026

विप्लवलाई परदेशीको पत्र


कमरेड विप्लव लाल अभिवादन!
कहाँबाट पत्र सुरु गराैं सब्द पाइरहेको छैन । सुनेको थिएँ म हजूर जनताको भलो गर्ने मनसायले क्रान्तिको बिगुल फुक्दै असहमतिका साथ अलग धारमा जानु भएको थियो । तपाईंको धार के हो भनी बुझ्न कति पल्ट हजुरको क्रान्तिकारी भाषणहरु सुन्ने गरेको थिए । एकपल्ट होइन कैयन पल्ट रगत तात्ने गरी सुने ।

परदेशको यो उराठ लाग्दो जिन्दगीमा डिउटी पछिको समय यस्तै भाषण सुन्दै नयाँ क्रान्तिका पहल के हुन भनी खुब एकोहोरिएँ पनि । आशा जुर्मुराएर उठाने ती भाषणले मेरो खुब मन छुने गर्दथे । आफैं क्रान्तिमा जाउँ की जस्तो हुन्थ्यो । फेरि सोच्थें, नेपालको राजनीतिमा कुन भाषण र काम उस्तै छ? फेरि पनि कसैलाई त भरोसा गर्नुपर्ने हुन्छ । तपाईंको क्रान्तिकारी कदम अनि भाषणमा एउटा कुनामा भएपनि आसा लुकेको रहेछ ।

आज जुन आश जनतामा देखाएर एकएक हजूर साँठगाँठको राजनीतिक मञ्चमा गएर उभिनु भयो । याे अवस्थामा हजुरले दिएको ति क्रान्ति कारी भाषणलाई कुन अर्थमा बुझौ? मञ्चबाट यसको जवाफ दिनुहोला । जनताको सामु किन यस्तो भ्रमको खेल खेल्नु भयो?

तपाईं सँग के छ उतर? के तपाईंलाई जनताको रगत सँग खेल्ने छुट थियो? की तपाईंले गरेको कुन वाचा पुरा भयो? त्यो हामी सामु राखी दिनु। के को लागि हामीलाई धोखा दिनु भयो? कुर्चीको लागि? आफ्नो कुर्चीको लागि यसरी जनताको आशालाई कुल्चने काम किन भयाे?
विप्लव जी, हजूर शान्ति खोज्दै आउनु भयो कि? कसैको दवाव छ हजुरमा? एक् एक प्रश्नको उतर हामी जनता माग्ने छौ । अब हजुरको क्रान्तिको बिगुल बन्द भएको हामीले महसूस गरेका छौ ।

अन्तमा तपाईंले यो पत्र कतै देख्नु भयो भने सोधिएका प्रश्नको उत्तर दिनु होला ।
प्रश्न एक, यत्रो क्रान्तिको उपलब्धि के?
प्रश्न दुई, के जनतालाई आफूलाई चाहिएको बेलामा मात्र प्रयोग गर्ने हो?
प्रश्न तीन, के यो मूलधारमा आऊने समय उचित हो?
प्रश्न चार, की हजूरले पनि सोचे भन्दा राम्रो अफर पाउनु भयो?
प्रश्न पाँच,वास्तवमा हजुरको क्रान्ति सकिएको हो,अथवा नयाँ नीति बनाउन यो कदम चाल्दै हुनुहुन्छ?

यि त प्रश्नका नमूना हुन । सबै आऊने दिनमा राख्दै गरौंला । परदेशमा कामको बोझ पनि छ रेमिटेन्स भएन भने देश चल्न कठिन छ ।हामीलाई काम पनि त गर्नु छ। त्यसैले पत्र लामो नगराई बन्द गरें । आशा छ, यो परदेशीको पत्रको उतर मञ्चबाट अवस्य दिनु हुनेछ ।
उही परदेशी,अरबको खाडीबाट।

नारायण कोइराला
तानसेन, पाल्पा
हाल,यूएई।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...