Friday 10th April 2026

सागर ‘आँसु’ को गजल संग्रह – १


गजल

लुट्ने लुटाउने को शासन कहिले सम्म ।
छिमेकी कै नुन तेल र राशन कहिले सम्म ।

देशले समृद्धि माग्दै छ सुशासन माग्दै छ,
नेता ज्यु!अझै यो झुटो आश्वासन कहिले सम्म ।

बलात्कारी हत्या हिंसा दिनहुँ मौलाउदै छ,
देशमा यो कुरिती अन्धोपन कहिले सम्म ।

लुटेर अस्मिता देशको लुटाएर सम्पदा,
गर्छौं छिमेकीको भरौटेपन कहिले सम्म ।

सुनिश्चित छ तिम्रो पतन सराप्छ सहिदको”आँसु”ले
स्वाभिमान बेचेर लिन्छौ सिंहासन कहिले सम्म ।

२०७७/११/२३
@सागर आँसु (डोटी)
हालः प्रवास


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...