Sunday 25th January 2026

नानीमाया सुनुवारका ५ मुक्तकहरू


मुक्तक

१)
किसानहरु मारमा छन् न त भने जस्तो खाद्य,भए ।
छैन देशमा रोजगार युवाहरू विदेशिनु बाध्य,भए ।
पीडा सहनु पर्ने दु:खी,गरिव, दरिद्र किसानहरूले,
खेतीबाट कमाउँला धन सोचेर न त साध्य,भए ।

२)
पतन होस् जहाँ मेरा अङ्ग,अघि बढ्नेछु ।
धर्तीलाई छर्दै खुनको रङ्ग,अघि बढ्नेछु ।
निरंकुश ढल्ला बरू मेरा यी कलम ढल्दैन,
सारा संसारलाई बनाउन दङ्ग,अघि बढ्नेछु ।

३)
रगत भन्दा भावनाको नाता,ठुलो रहेछ ।
सुरक्षित हुन पाना भन्दा गाता, ठूलो रहेछ ।
त्रिनेत्र नै जलन हुने गरि भगवान जलाउँछौ,
प्राणीमा जन्म र मृत्युको खाता, ठुलो रहेछ ।

४)
सडक पेटीको बास,बनाएर ढलेका छन् ।
जीवन जिउँदो लास,बनाएर ढलेका छन् ।
कसले खोज्छ अनाथको जिउने आधारहरू,
धर्ती आकाश खास,बनाएर ढलेका छन् ।

५)
हत्याहिंसा मात्र गर्ने, जमाना आयो देशमा ।
गरीबले दबिनु पर्ने,जमाना आयो देशमा ।
सरकार यहाँ सत्यताको न्याय देऊ जनतालाई ,
निर्दोष अन्यायमा मर्ने,जमाना आयो देशमा ।

✍️नानीमाया सुनुवार
ताप्लि गाउँ पालिका – ४,उदयपुर


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...