Thursday 2nd April 2026

नानीमाया सुनुवारका ५ मुक्तकहरू


मुक्तक

१)
किसानहरु मारमा छन् न त भने जस्तो खाद्य,भए ।
छैन देशमा रोजगार युवाहरू विदेशिनु बाध्य,भए ।
पीडा सहनु पर्ने दु:खी,गरिव, दरिद्र किसानहरूले,
खेतीबाट कमाउँला धन सोचेर न त साध्य,भए ।

२)
पतन होस् जहाँ मेरा अङ्ग,अघि बढ्नेछु ।
धर्तीलाई छर्दै खुनको रङ्ग,अघि बढ्नेछु ।
निरंकुश ढल्ला बरू मेरा यी कलम ढल्दैन,
सारा संसारलाई बनाउन दङ्ग,अघि बढ्नेछु ।

३)
रगत भन्दा भावनाको नाता,ठुलो रहेछ ।
सुरक्षित हुन पाना भन्दा गाता, ठूलो रहेछ ।
त्रिनेत्र नै जलन हुने गरि भगवान जलाउँछौ,
प्राणीमा जन्म र मृत्युको खाता, ठुलो रहेछ ।

४)
सडक पेटीको बास,बनाएर ढलेका छन् ।
जीवन जिउँदो लास,बनाएर ढलेका छन् ।
कसले खोज्छ अनाथको जिउने आधारहरू,
धर्ती आकाश खास,बनाएर ढलेका छन् ।

५)
हत्याहिंसा मात्र गर्ने, जमाना आयो देशमा ।
गरीबले दबिनु पर्ने,जमाना आयो देशमा ।
सरकार यहाँ सत्यताको न्याय देऊ जनतालाई ,
निर्दोष अन्यायमा मर्ने,जमाना आयो देशमा ।

✍️नानीमाया सुनुवार
ताप्लि गाउँ पालिका – ४,उदयपुर


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...