Thursday 26th March 2026

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : विप्लवले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?


सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमतिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हतियारबारे प्रश्न उठाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका छन् ।

‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै, हतियार विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ,’ प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि हतियारबारे प्रश्न उठ्दा प्रचण्डले हतियार खोलाले बगाएको प्रतिक्रिया दिएका थिए ।
राज्यविरुद्ध हिंसात्मक आन्दोलन विप्लव नेतृत्वको नेकपासँग सरकारले सहमति गर्दा हतियार बुझाउनेबारे केही खुलाएको छैन । काँग्रेसले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिलाई भने स्वागत गरेको छ । ०२८ मा केपी–सिपी,०५२ मा प्रचण्ड–बाबुराम,अहिले विप्लव–प्रकाण्ड ‘रेड बुक’, नाम–काम र परिणाम उस्तै उस्तै भएको शर्माको भनाइ छ ।

‘नेपालको पुरै कम्युनिष्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न कम्युनिष्ट दर्शनका नाममा कोहि नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?,’ उनको प्रश्न छ ।

-नयाँपेजबाट

 


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...