Thursday 4th June 2026

सविता के.सी. को गजल संग्रह – १


गजल

हजुरले गरेको रिस अनि इर्श्या मलाई मल भयो ।
चित्त दुखाइ झरेको आँसु बिरुवालाई जल भयो ।।

लगानी त कति गरे गरे सिंचाईको बाटो छेकियो ,
खेतबारीको मुहानसम्म आएकाे बन्द नल भयो ।

बिषादीको ओइरो माटो र बिरुवामा होइन हजुर ,
आवश्यक तत्व माटोमा हालेसी राम्राे फल भयो ।

मेहेनतका फल त जब लागे मेरा माटोका बोटमा ,
अनि पो त गाउँ समाज पुरा घरघरमा कल भयो ।

अझै समय छ घुम्दै सारा आउँछ समय पृथ्वी झैं ,
खनी जमिन लगाऊ बाली मेरो खेतीको दल भए ।

-सविता के.सी.
दक्षिणकाली – ३, फर्पिङ काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्न सीमित गर्ने उद्देश्यले प्रस्ताव पारित…

इजरायल र लेबनानबीच युद्धविराम कार्यान्वयनका लागि सहमति भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। यो सम्झौता हिज्बुल्लाहद्वारा आक्रमण पूर्ण रूपमा बन्द…

इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको आरोप लागेपछि कुवेत सरकारले कडा प्रतिक्रिया जनाएको छ। उक्त आक्रमणमा एक जनाको मृत्यु…

प्रतिकृयाहरू
...