Wednesday 8th April 2026

ब्यङ्ज्ञ कविता: लोभी बिरालो भान्से बन्यो – लोक प्रिय छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


बिरालो भान्से भएको बेला बेसरी मोटायो
आफूका गुट भित्रका ढाडे पदमा खटायो
बाँदरहरू परेका ट्वाल्ल उसको जात्राले
श्यालको कतै आएन पालो बेसरी कराए ।१।🌷🙏🌺

मान्छेले भने बिरालो भान्से देखेर डरायो
बिरालो छोयो कसरी खाने भनेर करायो
बाँदरभित्र गुरिल्ला थियो ढेडुको मालिक
फाइदा आफ्नो देखेन कतै फुटायो सालिक ।२।🌷🙏🌺

खटायो ढेडु बिगार्न भनी पहाड तराई
बेसरी तानी खोजेको खोस्न तिहुने कराई
बिरालो भान्से अति नै बाठो कराई घोप्ट्यायो
लोभी त्यो काट्टे कुरौटे ढाडे डाडुले हिर्कायो ।३।🌷🙏🌺

कुरेका श्याल आयो है पालो भनेर कराए
यो बेला हामी जुटेर लडौँ भनेर भट्याए
कुकुर श्याल बिरालो अनि बाँदर उस्तै हुन्
सबैको जात्रा देखेर मान्छे आजित देखिन्छ्न् ।४।🌷🙏🌺

बाघले पनि कुनामा बसी जोखना हेरेको
आफूको पालो आउला कतै भनेर कुरेको
बाघले पनि खाएको थियो प्रशस्त लुटेर
आफन्त बाघ मारेको थियो जालमा पारेर ।५।🌷🙏🌺

अनौठी नानी कुनामा बसी तमासा हेरेकी
अचम्मसाथ उत्साहसाथ के भयो सोधेकी
अचम्म आफू बुझेको सबै मुसुक्क हाँसेको
उसले भन्यो यस्तै हुन् जन्तु चेतना बिनाको ।६।🌷🙏🌺

 

-हरि शर्मा(गलकोटे कवि)🌷🙏🌺
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...