Monday 26th January 2026

ब्यङ्ज्ञ कविता: लोभी बिरालो भान्से बन्यो – लोक प्रिय छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


बिरालो भान्से भएको बेला बेसरी मोटायो
आफूका गुट भित्रका ढाडे पदमा खटायो
बाँदरहरू परेका ट्वाल्ल उसको जात्राले
श्यालको कतै आएन पालो बेसरी कराए ।१।🌷🙏🌺

मान्छेले भने बिरालो भान्से देखेर डरायो
बिरालो छोयो कसरी खाने भनेर करायो
बाँदरभित्र गुरिल्ला थियो ढेडुको मालिक
फाइदा आफ्नो देखेन कतै फुटायो सालिक ।२।🌷🙏🌺

खटायो ढेडु बिगार्न भनी पहाड तराई
बेसरी तानी खोजेको खोस्न तिहुने कराई
बिरालो भान्से अति नै बाठो कराई घोप्ट्यायो
लोभी त्यो काट्टे कुरौटे ढाडे डाडुले हिर्कायो ।३।🌷🙏🌺

कुरेका श्याल आयो है पालो भनेर कराए
यो बेला हामी जुटेर लडौँ भनेर भट्याए
कुकुर श्याल बिरालो अनि बाँदर उस्तै हुन्
सबैको जात्रा देखेर मान्छे आजित देखिन्छ्न् ।४।🌷🙏🌺

बाघले पनि कुनामा बसी जोखना हेरेको
आफूको पालो आउला कतै भनेर कुरेको
बाघले पनि खाएको थियो प्रशस्त लुटेर
आफन्त बाघ मारेको थियो जालमा पारेर ।५।🌷🙏🌺

अनौठी नानी कुनामा बसी तमासा हेरेकी
अचम्मसाथ उत्साहसाथ के भयो सोधेकी
अचम्म आफू बुझेको सबै मुसुक्क हाँसेको
उसले भन्यो यस्तै हुन् जन्तु चेतना बिनाको ।६।🌷🙏🌺

 

-हरि शर्मा(गलकोटे कवि)🌷🙏🌺
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...