Monday 26th January 2026

वैदेशिक रोजगरीमा पठाउने भन्दै ठगी गरेको आरोपमा पोखरामा युवक पक्राउ


 वैदेशिक रोजगारिका लागि पठाउने भन्दै ठुलो रकम ठगी गरेको आरोपमा पोखराबाट एक युवालाइ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारिका लागि क्यानडा पठाउने भन्दै ३३ जना व्यक्तिबाट मोटोरकम उठाएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले युवालाइए पक्राउ गरेको हो ।

ठगी गर्ने नियतले क्यानडा पठाइदिने भन्दै रकम उठाएको जाहेरीको आधारमा पर्वत मोदी गाउँपालिका घर भई पोखरा ३० शिसुवा बस्ने धिरज कुमार विश्वकर्मालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
विश्वकर्माले आफू विगत लामो समयदेखी विदेश बसेको र युरोप,क्यानडा लगायतका देशमा रोजगारीका लागि धेरैलाई पठाइसकेको भन्दै ९० लाख ७१ हजार उठाएर ठगी गरेको उजुरी परेको डिएसपी हमालले बताए । विश्वकर्माले पीडित व्यक्तिलाई विभिन्न सहकारी र बैङ्कहरूको चेक समेत दिएको उनले बताए ।

ठगी आरोपमा पक्राउ परेका विश्वकर्मालाई मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...