Monday 26th January 2026

कविताः एकता वेपत्ता – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


एकता नानी बेपत्ता भइन् बहुदल आएर
स्वार्थका भोगी कुरौटे नेता दलमा लागेर
आर्जेका थिए पुर्खाले जोडी बाइसे चौविसे
पारेर टुक्रा लगाए बिलो स्वार्थका भोगिले ।१।🌷🙏🌺

तड्पिन थालिन् एकता नानी कुनामा बसेर
एकता मार्न जुटेका बिच्छी सर्पले डसेर
कुर्सीमा पुगी सम्पति जोड्ने मनमा पाप छ
त्यसैले होला जुट्ने र फुट्ने नाटक चल्दछ।२।🌷🙏🌺

नेपाल आमा काटेर बिलो नेताले लगाए
सबैले मिली आमाको मासु खाएर अघाए
देशको हैन आफूको हित सोचेर जुटेका
आफूको सर्द नपर्न देखी तत्काल फुटेका ।३।🌷🙏🌺

सत्यता नानी सभ्यता नानु भव्यता शुध्दता
बिलौना गर्छ्न् चित्कार गरी कुनामा बसेका
दुष्टता नानी कपटी बानी अहिले हावी छन्
दानवसाथ मित्रता गाँसी लोकमा डुल्दैछन् ।४।🌷🙏🌺

सबैको इच्छा भलाई भए जुटेर गर्दामा
एकता नानी खुशीले बस्छिन् आएर साथमा
दिनको लागि लडाइँ हो कि आफूले लिनको
शंका नै लाग्छ चरित्र देख्दा नक्क्ले नेताको ।५।🌷🙏🌺

नेपाली हामी विश्वमा नामी एकता पुजारी
जुटेमा हामी भलाई हुन्छ माहुरी जसरी
ढेडुवा जस्तो गुटमा भुल्दा मान्यता नहोला
मरेर जानु सबैले पर्छ नश्वर यो चोला ।६।🌷🙏🌺

 

-हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...