तितोपाटी- नेकपा दाहाल नेपाल समूहका नेता योगेश भट्टराईले काठमाडौंमा शुक्रबार भएको प्रदर्शनले जनमत आफ्नो पक्षमा रहेको देखिएको दावी गरेका छन । आज इटहरीमा आयोजित कार्यक्रममा उनले आधिकारिक नेकपा दाहाल नेपाल समूह नै भएको दावी गरेका हुन । नेता भट्टराईले चुनाव चिह्न कसैले दावी गर्दैमा नपाउने भन्दै राजनीतिक दलसम्बन्धी ऐनले छिनोफानो गर्ने बताए ।
नेता भट्टराईले आफूहरुको समूहमा बहुमत सदस्य भएकाले पार्टीको आधिकारिक चुनाव चिह्न सूर्य पनि आफूहरुले नै पाउने दोहो¥याए । स्वच्छेचारी शासनका लागि प्रधानमन्त्री ओलीले प्रतिगमन गरेको उनको आरोप छ । नेता भट्टराईले अहिले नेकपामा पद भन्दा पनि विधिको लडाइँ भएको भन्दै संसद पुनःस्थापना हुने दावी गरे ।