Wednesday 25th March 2026

प्रधानमन्त्री ओलीलाई कोरोनाविरुद्दको खोप हस्तान्तरण


तितोपाटी- नेपालका लागि भारतीय राजदुत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका छन् ।

बिहिबार बालुवाटारमा आयोजित खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरुपनि उपलब्ध गराउने विश्वास समेत व्यक्त गरे । उनले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश विचको एकतालाई देखाएको स्पष्ट पारे । सो अवसरमा भारतीय राजदूत कोत्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए । भारतले ‘छिमेक पहिलो’ नीतिलाई प्राथमिकता दिएको बताए ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...