Tuesday 24th March 2026

नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा उडान गर्दै


तितोपाटी- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो ।

नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ ।

कोभिड–१९ का कारण मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड उडान गर्न लागेको हो । निगमका अनुसार आज राति ११ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मकाउका लागि जहाज उड्ने र बुधबार बिहान १०ः५० बजे काठमाडौँ अवतरण गर्नेछ । मकाउबाट दुई बच्चासहित १४५ यात्रु नेपाल फर्कने छन् । निगमको मकाउ चार्टर्ड उडानका लागि हङकङस्थित नेपाली महावाणिज्य दूतावासले समन्वय तथा सहयोग गरेको प्रवक्ता श्रेष्ठले बताइन् ।

चार्टर्ड उडान भए पनि पहिलोपटक नयाँ गन्तव्यमा उड्न पाउँदा उत्साहित भएको निगमले भविष्यमा मकाउको बजार अध्ययन गरी यात्रुको अवस्था राम्रो भएमा सिधा उडान गर्ने योजना बनाएको छ । “मकाउमा चार्टर्ड उडानमा निगमको जहाज प्रयोग भएकामा र उडान सहजीकरण र समन्वयका लागि भूमिका खेल्ने महावाणिज्यदूतावासप्रति आभार प्रकट गर्दछौँ”, प्रवक्ता श्रेष्ठले भनिन् । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।केन्द्रबिन्दुबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...