Wednesday 1st April 2026

शोभा कडरिया, कोईरालाका गजल संग्रह – २


गजल
सुन्दर हाम्रो पाल्पाली गाउँ आएर हेर्नू है ।
सलल बग्ने त्यो चिसो पानी खाएर हेर्नू है ।।

श्रीनगर डाँडा कुहु कुहु कोइलीको स्वरमा
स्वरैमा मिलाई सुरिलो भाका गाएर हेर्नू है ।

घन्किन्छ जब डम्फू र मादल साँल्दाइको आँगन,
बारुले कम्मर एकचोटि मर्-काएर हेर्नू है ।

सुस्केरा हाली त्यो सल्लाघारी तिमीलाई बोलाउँदा,
रानीघाट आई पिरती तिमी लाएर हेर्नू है ।

कुहिराको घुम्टो ओढेर मैले पर्खेर बस्नेछु,
पन्छाउँदै आई माडीको फाँटमा छाएर हेर्नू है ।

-शोभा कडरिया, कोइराला
माथागढी – २ रूप्से पाल्पा


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...