Tuesday 24th March 2026

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि


तितोपाटी- नेपालमा पनि नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतबाट फर्किएका ३ जनामा यस्तो संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बेलायतमा देखिएको कोभिड–१९ को नयाँ प्रजाति नेपालमा पनि भेटिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको हो ।

२ हप्ता अघि बेलायतबाट नेपाल फर्किएकाहरु मध्ये तीन जनामा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको थियो । मन्त्रालयले यसको पुष्टि गर्न पुस २७ गते उनीहरुको नमुना हङकङ प्रयोगशाला पठाएको थियो ।

उक्त नमुनाको नतिजा आज प्राप्त भएको र तीन जनामा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...