Sunday 11th January 2026

बद्री पंगेनीकै शैलीमा कोमल वली, ओलीको प्रशंसामा गाइन् गीत


 प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् । गीतमा ओलीलाई धुर्व धिताल र फौद बहादुर बस्नेतले स्वरमा साथ दिएका छन् ।

फौद बहादुर बस्नेतको शब्द, धुर्व धितालको संगीत रहेको गीतमा संगीत संयोजना बिनोद बाजुरालीले गरेका छन् । गीतमा केपी वलीलाई नेपालीको ढुकढुकी र भरोसाको केन्द्र समेत भनिएको छ । ओलीको जीवन विकाशको यत्र समेत भनिएको शब्द राखिएको गीतमा केपी ओलीको आजमात्र होइन भोलीको लागि पनि खाचो रहेको कुरा गरिएको छ ।
गायक बद्री पंगेनीकै शैलीमा तयार गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा प्रधानमन्त्री केपी ओलीको बिभिन्न समयका क्रियाकलापका फुटेज समेटिएका छन् । भिडियो गायक गायिकालाई समेत देख्न सकिन्छ ।

भिडियोमा पछिल्लो समयका देश बिकाशका फुजेट समेत राखिएको देख्न सकिन्छ । साई भिजनले निर्माण गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ ।

गायिका कोमल ओलीले गीत अहिलेको नभएर चुनावको बेलाको भएको बताइन् ।  ‘त्यो चुनावको समयको गीत हो’ गायिका ओलीले भनिन् ‘त्यति बेला बाहिर आएको थिएन । अहिले निर्माण युनिटले ल्याए होलान् ।’ गीत अहिले रिलिजको बिषयमा निर्माण टिमले आफुलाई केही जानकारी नगराएको गायिका ओलीको भनाई रहेको छ । गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...