Saturday 21st March 2026

मलेसियामा पुनः कोरोना लहर, संकटकाल घोषणा


तीतोपाटी – मलेसियामा कोरोना भाइरसको महामारी पुनः देखिएपछि कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मलेसियामा दैनिक २००० भन्दा बढि कोरोना संक्रमित देखिन थाले पछि मलेसियाले मुलुकको आर्थिक अवस्था जोगाउन भन्दै मंगलबारदेखि लागू हुने गरी स्वास्थ्य संकटकाल र पाँच राज्यमा आगमनमा नियन्त्रण (एमओसी) जारी गरिएको हो । संकटकाल घोषणा लगत्तै अधिकांश रोजगारदाता कम्पनीले श्रमिकलाई फेरि आलोपालो ड्युटी (काम) लगाउन थालेका छन् । रोजगारदाताले सीमित संख्यामा श्रमिकलाई काममा लगाउन थालेका हुन् । यो संकटकाल अगस्ट १ सम्म लागू हुनेछ ।

नेपाली श्रमिकको मुख्य बसोबास रहेको पेनाङ, सेलाङगार, मेलाका, जोहोर र सवाह क्षेत्रमा आवागमनमा नियन्त्रण लगाइएको हो । कोरोनाको दोश्रो लहर फैलिए पछि त्यहाँ स्थित कम्पनीहरूले ३० प्रतिशतका दरले श्रमिकलाइ काममा लगाएका छन् । गत वर्ष कोरोना महामारी शुरू हुँदा पनि कम्पनीहरूले श्रमिकहरूलाइ आलोपालो काममा लगाएका थिए भने उक्त समयमा न्यूनताम तलब समेत नपाउने समस्या देखिएको थियो ।

यो स्वास्थ्य संकट लागू भएपछि आवागमनमा समस्या हुँदा स्वदेश फिर्न हुन चाहने नेपाली श्रमिकलाई समस्या हुने निश्चित छ । मलेसिया नेपाली श्रमिकहरूको ठुलो गन्तब्य मध्ये एक मानिन्छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...