बारीमा चुलो बनाएर
आहा त्यो खिच्रो खाने हो भनी
बिहानै उठी चिसो पानीले नुवाउँदै
आमाले चोखो धोती लगाई
झिलगिको दालमा अदुवा मिसाएर
आहा शुद्ध भैंसीको घिउ
कसौडीमा तताएर
अनि बारीबाट खनेर ल्याएको अदुवा
सिलौटो माथि राखी लोहोरो ले पीसी
तातेको घिउमा झिलगी अनि चामल
झोइए पारेर
कति बेला पाक्छ भनी हामी केटा केटी
चुलोको परपर बसि हेरी रहेको ।
अनि
पाकि सकें पछि अलिपर बसि
तातो तातो खाएको
अनि व्रतबन्ध भएकाले
लगोटी लगाई चुलो नजिक
बस्ने अवसर पाएको।
ती दिनहरु पनि आजभोलि
इतिहास जो भए।
अबत हजूर जंग फुट का
जमाना पो आएँ
जे आए पनि मलार्इ मागे सक्रान्ति लायो।
यसैको सम्झनामा यो सानो कविता आयो।
-नारायण कोइराला
तानसेन पाल्पा
हालः युएई