Tuesday 24th March 2026

नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक


तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दैछ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओली स्वयम्ले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।

बिहीबार दिउँसो ३ बजेपछि स्थायी कमिटी बैठक सुरु हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘संसद विघटनविरुद्धको संघर्ष र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘संसद् विघटनविरुद्ध थप रणनीति बनाउने विषयमा छलफलका लागि बैठक हुन लागेको हो ।’

नेकपा प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ । प्रदेश र जिल्ला स्तरमा भएका भेलामा प्रधानमन्त्रीको यो कदमप्रति आक्रोश व्यक्त गर्दै आएको यो समूहले आन्दोलनलाई सशक्त पार्ने बताउँदै आएको छ ।

यसअघि नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठ पुस १९ र २० गते बसेको थियो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...