Tuesday 24th March 2026

‘अहिले देखिएको लडाईं सामान्य होइन’ : प्रचण्ड


तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देखिएको लडाईं सामान्य नभएको बताएका छन् । ७० वर्षको आन्दोलनमाथि एक जना व्यक्तिले प्रहार गरेको आरोप लगाउँदै उनले संसद नमरेको बताए । उनले केपी ओलीको सरकार विघटन भएको भन्दै प्रतिनिधिसभा विघटन नभएको पनि बताए ।

प्रचण्ड माधव पक्षले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी आन्दोलनले कम्युनिस्ट आन्दोलनमा मुख्य भूमिका खेलेको समेत बताए ।

लाखौं जनता सडकमा उतारेर मात्र अहिलेको समस्या सहजीकरणतिर जाने बताउँदै उनले एक, डेढ महिनाभित्रै अहिलेको समस्या समाधानका लागि लोकतन्त्रमाथिको आक्रमणलाई निष्तेज पारिने बताए ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...