Tuesday 8th September 2026

गजल -धर्मिला कार्की


दिनदिनै चौतारीमा धाए पनि हुन्न माया ।
लुकीलुकी टाढैबाट आएपनि हुन्न माया ।।

मन पर्छ तिमी भनि जहिले नि सताउँदै
मीठो धुनमा प्रेम गीत गाए पनि हुन्न माया ।

फूल टिपी शिरमा नै सजाउँछु भन्दै अब
देउता भाक्दै बाचा कसम खाए पनि हुन्न माया ।

तनमन समर्पित गरी दिलले दिल छुन
हिरा-मोती उपहार पाए पनि हुन्न माया ।

कल्पनामा दिलकी रानी बनाउँछु भनि सधैँ
राजा हुन राजमुकुट लाए पनि हुन्न माया ।

धर्मिला कार्की
महाराजगंज,काठमाडौँ


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...