Friday 25th September 2026

गजल -टहल आचार्य


थुक सीप रगत चल्छ पानी चाहिँ नचल्ने भो,
छोईछिटो जाती भेद अझै पनि नढल्ने भो ।

कुकूरलाई भित्र लगी मान्छेलाई बाहिर राख्दा,
अलिकति पनि मन मुटू नै पो नगल्ने भो ।

गजुर मूर्ति त्रिशूल ती चोखो मानी पूजा हुने,
उस्ले बाल्या दियोबत्ती मन्दिरमा नजल्ने भो ।

टहल आचार्य
कालिन्चोक – ८
सुनखानी, दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...