Saturday 11th May 2024

पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न जाँदा सर्वसाधारण र प्रहरीबीच झडप


तितोपाटी- सिंहदरबारको मुल गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने क्रममा भद्रकालीमा सर्वसाधारण र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी केही सर्वसाधारण सामान्य घाइते भएको बताइएको छ । निषेधित क्षेत्र तोड्ने क्रममा झडप भएको प्रहरीले बताएको छ ।

आज देशभर २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । सोही क्रममा सिंहदरबारको मुलगेटस्थित उनको शालिकमा माल्यार्पण गर्न र्यालीसहित जाने क्रममा प्रहरी र सर्वसाधारणबीच झडप भएको हो ।

२९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा काठमाडौंमा र्‍याली निकालिएको छ । तर, शालिक भएको स्थानमा निशेधित क्षेत्र घोषणा गरिएकाले सर्वसाधारणको भीडलाई रोकिएको र सोही क्रममा सर्वसाधारण आक्रोशित हुँदै प्रहरीमाथि आक्रमणमा उत्रिएको बताइएको छ ।

आक्रोशित सर्वसाधारणले प्रहरीविरूद्ध नाराबाजी गर्न थालेपछि सम्भावित घटनाको अवस्थालाई दृष्टिगत गरी अहिले उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - "हाम्रो ब्लडबैंक हामी बनाउँछौं, मनैदेखि सहयोग गरौ" भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ…

बेलायती औषधि कम्पनी अस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको नयाँ–नयाँ 'भेरिअन्ट'…

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन…

प्रतिकृयाहरू
...