Wednesday 1st April 2026

गजल -धर्मिला कार्की


भयो अब त बाच्ने आशा सबै मरि सके ।
सिर धान्ने दुबै पाउले विश्राम गरि सके ।।

सपना जति टुटी गए निष्ठुरीले घात गर्दा
रुदारुदै एक पोखरी आशु जति झरि सके ।

सम्बन्ध र ब्यबहार देख्दा इष्टमित्र नाता
कोही खुसी त कोही दुःखी छक्क परि सके ।

छिपाएर सबै कुरा तिमी अन्तै मोडिएपछि
हामी विचको विश्वासको बोट काँडाले भरि सके ।

मन र विचार हाम्रो पूर्व र पश्चिम भएपछि
गाउँघर छोडी खोली तिर बसाई सरि सके ।

-धर्मिला कार्की
महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...