भयो अब त बाच्ने आशा सबै मरि सके ।
सिर धान्ने दुबै पाउले विश्राम गरि सके ।।
सपना जति टुटी गए निष्ठुरीले घात गर्दा
रुदारुदै एक पोखरी आशु जति झरि सके ।
सम्बन्ध र ब्यबहार देख्दा इष्टमित्र नाता
कोही खुसी त कोही दुःखी छक्क परि सके ।
छिपाएर सबै कुरा तिमी अन्तै मोडिएपछि
हामी विचको विश्वासको बोट काँडाले भरि सके ।
मन र विचार हाम्रो पूर्व र पश्चिम भएपछि
गाउँघर छोडी खोली तिर बसाई सरि सके ।
-धर्मिला कार्की
महाराजगञ्ज, काठमाडौँ