Friday 9th October 2026

शोभा कडरिया, कोईरालाका गजल संग्रह – १


सालका पात छानी छानी टपरी खुटिन्छ यहाँ ।
चिल्ला-चिल्ला जोडिन्छ खस्रा छुटिन्छ यहाँ ।।

धेरै बन्छन् जिन्दगीमा सपनाका घरहरू
वाध्यताको ज्वाला भित्र रहर भुटिन्छ यहाँ ।

टुकी बाली अनिदोमा मेहनतले कमाएको
प्रमाणपत्र लुटेराको हातबाट लुटिन्छ यहाँ ।

लक्ष्य थियो हिमालको शिखर चुम्ने अझै
विचरा!बिचमा आइ कसैद्वारा टुटिन्छ यहाँ ।

मुर्खहरूले खेती गर्ने जिम्मा लिए पछि
हलो आफै अड्काएर गोरू चुटिन्छ यहाँ ।

-शोभा कडरिया, कोईराला
माथागढी-२, रूप्से
पाल्पा, नेपाल ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...