Friday 30th October 2026

शोभा कडरिया, कोईरालाका गजल संग्रह – १


सालका पात छानी छानी टपरी खुटिन्छ यहाँ ।
चिल्ला-चिल्ला जोडिन्छ खस्रा छुटिन्छ यहाँ ।।

धेरै बन्छन् जिन्दगीमा सपनाका घरहरू
वाध्यताको ज्वाला भित्र रहर भुटिन्छ यहाँ ।

टुकी बाली अनिदोमा मेहनतले कमाएको
प्रमाणपत्र लुटेराको हातबाट लुटिन्छ यहाँ ।

लक्ष्य थियो हिमालको शिखर चुम्ने अझै
विचरा!बिचमा आइ कसैद्वारा टुटिन्छ यहाँ ।

मुर्खहरूले खेती गर्ने जिम्मा लिए पछि
हलो आफै अड्काएर गोरू चुटिन्छ यहाँ ।

-शोभा कडरिया, कोईराला
माथागढी-२, रूप्से
पाल्पा, नेपाल ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

प्रतिकृयाहरू
...