Wednesday 1st April 2026

गजल -राम भण्डारी


गहिरो चोट माथि नुन-चुक छर्दा कस्तो होला ।
बिछोडको वेदना ले हरपल मर्दा कस्तो होला ।।

ठंडा दिमागले सोचि हेर रिसको आवेग छोड
स्वार्थी बनि निस्फिक्री घात गर्दा कस्तो होला ।

सम्झिएर अत्यास लाग्छ अनुभुति गर्नै गाह्रो
प्रेमको यो महासागर एक्लै तर्दा कस्तो होला ।

संगालेर स्वर्णिम यात्रा रमाई रहेको क्षणमा
सपनाको संसारबाट झ्वाट्ट झर्दा कस्तो होला ।

बेसाहारा हुँदा तिमी दिलमा जस्ले बास दियो
उसैलाई सुईंको नदिई डेरा सर्दा कस्तो होला ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...