Wednesday 1st April 2026

कविताः सडक सँगको नाता -नारायण कोइराला


म सानी थिएँ ,सडकले पोल्यो,
खुल्ला आकाश मेरो आश्रय भयो।
न आए कोहि एकछाक खाना खुवाउन,
भोक र पियासी यो आत्मा बुझाउन।।

फोहोरका कन्टेनर मेरा मित्र भए,
सहरका जनावर मेरा साथी थिए।
उनी सग खेल्दा खेल्दै जवानी चडे,
अनि बल्ल भमराहरु मेरो नजिक आउन थाले।।

एक रातको समय अध्यारो थियो,
मेरो फक्रिएको फूल टिप्ने उनको इच्छा भयो।
बदलामा मलाई पैसाको नोट मिल्ने भए,
मेरा मनमा अनेक सोच विचार पनि आए।।

सडकको जवानी सडकमा मासियो,
मेरो शरिरबाट मेरो इज्जत खोसियो।
उनको पनि के दोष,उनलाई मैले दिएँ,
बदलामा उनी सँग कालो धन लिएँ।।

यो मेरो बाध्यता म दोष कसलाई दिनु?
जिउनु छ मलाई अरूको गरम विस्तारा बनी।
दिनभरी बेश्या , म हुँ रातकी परी पनि ,
गाली गर्नेहरू रातमा खेल्छन् म सँगै हनिमुन।।

लुच्छन् मलाई तानी ,तानी प्यासी शेर बनि,
फेरि पनि चुप बस्नु पर्ने वाध्यता छ मेरो पनि।
यस्तै छ मेरो पेसाको यथार्थता को संग सोध्नु ?
यो काम नगरे म भोकै रहन्छु अनि म के गर्नु।

कि मलाई काम देऊ, की देऊ सम्मान,
कहिले सम्म रुने? अनि सहने अपमान।
एक पल्ट यो अवस्थाको विचार गर्दिनु,
हामी पनि मानिस हौं यो सबैले बुझदिन्नु।।

नारायण कोइराला
तानसेन पाल्पा
हाल यूएई


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...