Wednesday 1st April 2026

गोमा कुमालका गजल संग्रह – १


काँडा मात्रै भयो अचेल बाटो किन होला ?
दुधसँग पानीको नि फाटो किन होला ?

एउटै घर जन्मियाैं एउटै घर हुर्कियाैं
दाजुभाइ बिच पनि फाटो किन होला ?

कस्तो रहेछ नशा पैत्रिक सम्पति माथि
फरक भयो खेतबारीको पाटो किन होला ?

भाइ फुटे गवार लुटे भन्छ सारा जगत
बुझेर नि नबुझे झैं लाटो किन होला ?

खिचातानी विवादहरू बढ्दै गए पछि
देखाउँछन् एक अर्कोलाइ भाटो किन होला ?

-गोमा कुमाल
माथागढी – २
रूप्से, पाल्पा ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...