Sunday 25th January 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी



सल्बलाए फेरि पनि झुटको खेती लाउनेहरु ।
चल्मलाए ठगि गर्दै लुटको खेती लाउनेहरु ।
झनै चाम्रो हुने रैछन जति ठक्कर खाएपनि
आएन किन चेतना गुटको खेती लाउनेहरु ।


रहेनन् कोहि पनि पिर ताप देखि डराउने ।
लाग्दा मुखमा कालो छाप देखि डराउने ।
लालायित हुदैगए लोभ,मोहमा मानवहरु
भएनन् कोहि जगतमा पाप देखि डराउने ।


हुल बाँधेर नेताहरु गाउँ पस्ने भए अब ।
नयाँ जोगीले झैं खरानी घस्ने भए अब ।
चर्को चिल्ला भाषण छाँट्दै गाउँ गाउँ
भोटको लागि लम्पट नै कस्ने भए अब ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...