Wednesday 25th December 2024

युगल गीत -धर्मिला कार्की


रस मिठो अंगुर दानाको
अचार मिठो मुलाको चानाको।२।

केटा-: दियो बल्यो पक्कै नि आशाको
बैज्ञानीक बन्ने रहर छ नासाको
केटी-: कपडा सस्तो चिटिक्क खासाको
विज्ञ चाहिँ बनौला भाषाको

केटा-: चरालाई पिर गुँड र आहाराको
खाँचो मलाई तिम्रै नै सहाराको
केटी-: आकाश घर जुन र ताराको
भलो होस् जगत साराको

केटा-: दिन गए फुस्रा र कालाको
माया मिठो स्याउजस्तो गालाको
केटी-: सत्यकुरा बाजेको पालाको
भर नपर चाउरिने छालाको

केटा-: सिरसिर हावा रमाइलो डाँडाको
दिलको महल होइन है भाडाको
केटी-: फूललाई डर सधै नै काँडाको
कलियुग भो जमाना छाडाको

केटा-: वर्षायाममा महत्व छाताको
सम्बन्ध गाढा भावना नाताको
केटी-: बधाई बिना काम छैन खादाको
किताबलाई आवश्यकता गाताको

संयुक्त-: रस मिठो अङ्गुर दानाको
अचार मिठो मुलाको चानाको।२।

-धर्मिला कार्की
महाराजगन्ज, काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

उत्तर प्रदेशको सम्भल जिल्लाको लदाई सराई क्षेत्रमा बुलडोजरहरू प्रयोग गरी उत्खनन कार्यको क्रममा 50 वर्ष पुरानो स्टेपवेल फेला परेको थियो,…

कुवेतमा आगामी जनवरी ३, २०२५ मा भव्य “नयाँ वर्ष तथा सांस्कृतिक धमाका २०२५” को आयोजना हुने भएको छ। किरात राई…

रक्षा मन्त्री इजरायल काट्जले सोमबार स्वीकार गरे कि इजरायलले यस वर्षको सुरुमा तेहरानमा हमासका पूर्व प्रमुख इस्माइल हनियाहलाई मारेको थियो,…

प्रतिकृयाहरू
...