Tuesday 20th January 2026

आजबाट जनवरी १ तारिक सम्म कुवेतको सबै नाका बन्द,सबै उडानहरु स्थगित


हरी कृष्ण न्यौपाने – कुवेत सरकारले आज डिसेम्बर २१,२०२० सोमबार बेलुकी ११ बजेबाट लागू हुने गरी जनवरी १,२०२१ सम्मका लागि सबै नाकाहरु बन्द गर्ने भएको छ। कुवेत आउने र कुवेतबाट बाहिरिने सबै उडानहरु स्थगित गरिने छ भने सामुन्द्रिक र सडक मार्गबाट समेत कुवेत आउन-जान बन्द गरिने छ।

कुवेत सरकारका प्रवक्ता तारिक अल मुजारिम(Tariq Al-Muzrim)लाई उध्रित गर्दै द टाइम्स कुवेतले लेखेको छ”आज डिसेम्बर २१ तारिक सोमबार २०२० बेलुकी ११ बजे बाट लागू हुने गरी कुवेतबाट आउने जाने सबै नाकाहरु बन्द गरिने छ।हवाइ, सामुन्द्रिक र सडक मार्गबाट हुने सबै आवत-जावतलाई जनावरी-१,२०२१ सम्मको लागि रोकिने छ।”

कुवेत सरकारले क्रिसमस र अंग्रेजी नयाँ वबर्षको आगमनका समयमा गरेको यो आकास्मिक निर्णयले कुवेत आउने र जाने तयारीमा रहेका धेरै आप्रवासीहरुलाई असर पार्ने छ।विषेश गरी नेपाल लगाएत ३४ वटा प्रतिबन्धित मुलुकहरुबाट कुवेतमा आउने क्रममा ट्रान्जिटमा रहेका धेरै आप्रबासी कामदारहरुलाई यो निर्णयबाट थप आर्थिक भार पर्ने छ।नेपालबाट यूएयी हुँदै कुवेत आउने क्रममा रहेका धेरै नेपालीहरुलाई पनि कुवेत सरकारको आकस्मिक निर्णयबाट असर पर्ने छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...