Monday 26th January 2026

नेकाका वरिष्ठ नेता पाैडेल विरूद्धको प्रहरी ज्यादती प्रति विश्वभरका जन-सम्पर्क समितिद्वारा घोर आपत्ति


तीतोपाटी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेललाइ आज तनहुँमा अपमानजनक शैलीमा प्रहरीले पक्राउ गरेको प्रति कांग्रेसका विदेश स्थित भातृ संगठन नेपाली जन-सम्पर्क समितिका सभापतिहरूले घोर आपत्ति जनाएका छन् । विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रामचन्द्र पोख्रेल लगायतका नेताहरु घाइते हुने गरि भएको दमन र हस्तक्षेपको घोर आपत्ति जनाएका हुन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायतका कांग्रेस नेता माथी तनहुँमा भएको प्रहरी दमन र हस्तक्षेपको कडा निन्दा र भर्त्सना गरेका छन । दमन र गिरफ्तारी वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको विदुषित रुप भएको आरोप लगाएका छन ।

कम्युनिष्ट अधिनायकवाद यस्तै दमन र हर्कतको आवरणमा लोकतन्त्रको खिलाप सार्वजनिक हुने गर्दछ। आजको यस घटना सर्वसत्तावादतर्फ उन्मूख वर्तमान कम्युनिष्ट सरकारले मुलुकको जिम्मेवार पार्टीका वरिष्ठ नेतामार्फत सिंगो पार्टी र लोकतान्त्रिक आचरणमाथि प्रहार गरेको ठहर गरेका छन ।

लोकतन्त्रमा शान्तिपूर्वक भेला हुने,आफ्ना कुराहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र विकास निर्माणका कामलाई विना कुनै अवरोध संचालन गर्न पाउने आधारभूत हक,अधिकारको सुरक्षा गरिएको हुन्छ भन्दै आफ्नै सरकारको पालामा निर्माण सम्पन्न भएको पूल उद्घाटन गर्न जाने क्रममा नेपाली कांग्रेसका नेतामाथि ओली सरकारको ठाडो निर्देशनमा भएको यस किसिमको प्रहरी हर्कत,धरपकड र गिरफ्तारीले सरकारको अधिनायकवादी अनुहार र चरित्र समेत उदांगो भएको सम्पूर्ण जनसंपर्क समितिका सभापतीहरुको ठहर भएको जनसंपर्क समिती क्यानाडाका सभापती बुद्दी प्रकाश ओलीले बताए ।

पार्टीका वरिष्ठ नेतासहित अन्य नेतागण र साथीहरुमाथि आज भएको बर्बर प्रहरी दमन र हस्तक्षेपको विरुद्ध नेपाली कांग्रेस पार्टीले गर्ने सबैखाले प्रतिरोधप्रति ऐक्यवद्धता जाहेर गर्दै वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको दिनगन्ती आजको घटनाबाट सुरु भएको चेतावनी दिएका छन ।

मोटरेवल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँ प्रहरिले नियन्त्रणमा लिएर ३ घण्टा पछि छाडेको थियो ।

प्रहरी वर्वर दमनको विरूद्ध ऐक्यवद्धता जाहेर गरेका विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरु:

१ आनन्द बिष्ट , आमन्त्रित केन्द्रिय सदस्य एबं सभापति नेजस अमेरीका

२ बालकृष्ण पाण्डे आमन्त्रित केन्द्रिय सदस्य एबं सभापति नेजस भारत

३ सीता सापकोटा , सभापति नेजस बेल्जियम

४ लेख बहादुर गुरुङ सभापति नेजस मकाउ

५ पदम सुन्दर गुरुङ सभापति नेजस बहराइन

६ खगेश्वर अधिकारी सभापति नेजस इजरायल

७ शिखर खड्का सभापति नेजस जर्मनी

८ सिता अर्याल सभापति नेजस साईप्रस

९ डा एलिनी पोख्रेल सुवेदी सभापति नेजस पोल्याण्ड

१० शुक्रराज न्यौपाने नेजस अाईरल्याण्ड

११ शंकर न्यौपाने काबा सभापति नेजस कतार

१२ आस्थाबिन्दु मल्ल सभापति नेजस दक्षिण कोरिया

१३ बिनोद घिमिरे सभापति नेजस पोर्चुगल

१४ ईन्द्र शर्मा सभापति नेजस स्पेन

१५ मीन गुरुङ सभापति नेजस हङकङ

१६ युवराज गुरुङ सभापति नेजस बेलायत

१७ बुद्धी प्रकाश ओली सभापति नेजस क्यानाडा

१८ प्रेमजङ गुरुङ सभापति नेजस नेदरल्याण्ड

१९ सुधिर राना सभापति नेजस फ्रान्स

२० जितेन्द्र शाहि सभापति नेजस नर्वे

२१ शालिक चापागाई काबा सभापति नेजस ओमन

२२ भुवानी प्रसाद तिमिल्सिना सभापति नेजस यूएई

२३ राजेन्द्र रसाईली बिरही सभापति नेजस कुवेत

२४ रोशन के सी सभापति नेजस जापान

२५ बालकृष्ण सापकोटा सभापति नेजस लकजेम्बर्ग

२६ बुद्धिसागर घिमिरे सभापति नेजस न्यूजील्याण्ड

२७ दीपक रेग्मी सभापति नेजस साउदी अरेबिया

२८ नबिन थपलिया सभापति नेजस स्विडेन

२९ श्याम सापकोटा सभापति नेजस स्विजरल्याण्ड

३० चोला कान्त पंगेनी सभापति नेजस मलेसिया

३१ बिरेन्द्र सिंह कार्की सभापति नेजस डेनमार्क

३२ राजन कुमार जमकटेल सभापति नेजस चीन

३३ कृष्ण गिरी सभापति नेजस अष्ट्रेलिया

३४ राजन चापागाई (कावा) नेजस इटली

३५ सन्देश के सि नेजस माल्टा


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...