Monday 16th June 2025

सेफ सन्तोष साहले विश्व सामु चिनाए नेपाली परिकार


आर.बी बुढाथोकी,सुसेफ,सोल्टी क्राउन प्लाजा होटेल – नेपाली युवा सन्तोष शाह मास्टर सेफ बिबिसीको प्रोफेसनलको सेमिफाइनलमा पुगेका छन। नेपाली खानालाइ विश्व बजारमा चिनाउने सोचका साथ लागेका शाहले लन्डन मै बसेर बिगत पाच बर्स देखि नेपाली परम्परागत खानाको सोध तथा अनुसन्धान शुरु गरेका थिर । अहिले जुन कम्पिटिसनमा भिडिरहेका छन ति खाना भने मोर्डन ओयमा प्रस्तुत छ जसले गर्दा निर्णायकहरूको मन छोयो । उनले सिस्नो, कर्कलोको पात, भाङगको अचार, टिमुर,सिस्नो, आलुको तरकारी, भेडाको मासु, पोलेको माछा,खसीको मासु, थेबेको साग, तामाको अचार, गहुँको रोटी, ढुम्रीभित्र आलुको अचार राखेर नेपाली परिकार तराइको बुनिया, जेरी लगायतका खाना पस्केका थिए । जुन अत्यन्त नौलो र भिन्न देखियो कलात्मक पनि देखियो। दर्जनौ विदेशी सेफहरुलाइ पछाडी पारेर जसरी उनले सेमिफाइनल प्रबेश गरे तब सर्बत्र विश्व भर उनको नाम चर्चा शुरु भयो । उनले यो प्रतियोगितामा जुन आट र सहास लिएर नेपाली खानाको प्रचार प्रसार र प्रबर्दन गरे अहिले विश्व भरका नेपालीले उनको सरहना गरेका छन र भनेका छन उनले यो स्थान हासिल गर्नु भनेको उनले यो प्रतियोगिता जीते बराबर भएको छ ।यो प्रतियोगितामा शाहले आफ्नो पाक-कलाको सर्वश्रेष्ठ नजिता दिन सफल भएका छन ।

शाहले यो प्रतियोगितामा जानको लागि बिगत पाच वर्ष देखि अभ्यासरत थिए । “मैले बिगत दुइ दशक देखि भारतीय खाना र अन्य देशको खानाको सोध र अनुसन्धानमा बिताए अब मैले आफ्नो देशका लागि पनि केहि गर्नु पर्छ भन्ने लगेर शुरु गरेको हु म निरन्तर मेरो देशको खानाको सोध अनुसन्धानमा लगेर हाम्रो खानालाइ चिनाउने प्रयास गर्छु” उनले लन्डनबाट फोनमा भने । खाना भन्ने कुरा आफ्नो देशको कला संस्कृति सँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा हामीले हाम्रो देशको स्वाद बिस्वलाइ चखाउनु पनि अति आबश्यक छ । नेपाल कला संस्कृति जति धनी छ त्यति कै खानामा पनि धनी देश हो मात्र हाम्रो खाना विश्व सामु चिनाउन सकिएको थिएन । सन्तोष शाहको यो कदमले धेरै हद सम्म नेपाली खाना विश्व बजारमा चिनिने आशा राखिएको छ । उनले बनाएको करेलाको चटनीलाइ एक चिजमा पाच थरिको स्वाद भएको चटनी भनेर स्टार चटनीको नाम दिइएको छ। नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणमा सेमी-फाइनलमा पुग्ने सम्भब त पहिले नेपाली हुन ।

को हुन सन्तोष शाह ?
नेपालको सिराहा जिल्लामा जन्मिएका सन्तोष शाह आफ्नो आर्थिक आबस्थाको कारण गाउँ मै पाउरोटी, पलास्टिकको झोला बेचेर गुजारा गर्थे । एस एल सिमा फेल भएका शाह १४ बर्षको कलिलो उमेरमा कामको शिलसिलामा भारत छिरेका थिए । तर आफ्नो साहस र मिहिनेतका कारण ‘किचन पोर्टर’बाट रोजगारी थालेका साहले दश वर्षभन्दा कम अवधिमा ‘इन्सटिच्यूट अफ क्याटरिंग एण्ड होटल म्यानेजमेन्टबाट ‘डिप्लोमा इन होटल एण्ड क्याटरिङ म्यानेजमेन्ट’ कोर्समात्र गरेनन्, भारतीय कम्पनीमा करिब अस्सी कामदारको हेड सेफ समेत बनेर काम गरेका थिए । सन २०१०मा उनलाई वर्क परमिट सहित बेलायत जाने अबसर मिल्यो र उनले त्यहाँ भारतीय रेस्तुरेन्ट तथा होटलमा थप दश बर्ष काम गर्ने अबसर मिल्यो । पछिल्लो समयमा आएर नेपाली खानाको खोज तथा अनुसन्धान गर्नु पर्छ भनेर लागेका शाहले पहिलो पटक मै विश्वलाइ चकित तुल्याए । नेपाली परमपरागत खानालाई मोर्डन तरिकाबाट पस्कन सिपालु भएका कारण उनले यो सफलता पाउन कुनै गार्हो भएन । यो प्रतियोगितामा पनि उनले बनाएको करेलाको नेपाली चटनीलाई एउटै चिजमा पाच स्वाद पाइएको भनी स्टार सेफ मोनिकाले स्टार चटनी भनी नाम दिइएकी छिन ।

नेपालका बिबिध परिकारहरु बनाएर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाए पछी विश्व चकित भएको थियो । अब विश्वले नेपाली पाक कला र खानाका विषयमा हेर्ने नजर पनि फेरिएको छ । तपाईंले युकेको किचनमा नेपाल ल्याउनु भयो भनी निर्णयकहरु दङ्ग परेका थिए । उनी यहाँ सम्म आइपुग्दा पनि आफुलाई सफल भएको मान्छन र आफ्नो सपना भनेको नेपाली खाना विश्व सामु चिनाउनु थियो चिनाउन सकेकोमा प्रशंसा बटुलेको बताए । शाहले आफ्नो मेहनत, लगन, सधैँ अरुलाई सम्मान गर्ने र कहिल्यै ठूलो नहुने गुणले नै यति कलिलो उमेरमा सफल सेफ बनेर देशको नाम उंचो राख्न सफल भएका छन ।


सम्बन्धित शीर्षकहरु

परराष्ट्रमन्त्री डा. आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा…

सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबम पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको…

प्रतिकृयाहरू
...