Wednesday 17th December 2025

बालिकाको बलात्कारपछि हत्या गर्ने युवकको घरमा स्थानीयले आगो लगाईदिए


तितोपाटी- ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाईदिएका छन्।

महोत्तरीको बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपछि हत्या गरेको भन्दै स्थानीयले साहको घरमा आगो लगाईदिएका हुन्।

बालिकाको हत्यापछि बोरामा राखेर शव फालिएको घटना सार्वजनिक भएपछि आक्रोसित भएका स्थानीयले साहको घरमा ढुंगामुढा गर्नुको साथै किराना पसल भएको घरमा आगो लगाएका हुन्। अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन्।

साहले आफुले नै बालिकाको हत्या गरेको स्वीकार गरिसकेका छन्।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...