Tuesday 6th October 2026

कविता: बाँदरको झम्टा – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


नेपाल देश पहाडी भेक जन्मेको सानेको
जीवन कथा पढेर शिक्षा लिएको राम्रो हो
भुमरी जस्तो सानेको जुनी दु:खमा बितेको
अनेक थरी पिडाको साथ मित्रता गाँसेको ।१।🌷🌺🌼

भ्यागुता खुट्टा तानेर वाक्क बाँदरले चुटेर
सत्यको पक्ष लिएको देख्दा दुष्टले कुटेर
आफूले दूध दिएको सर्प फर्केर टोकेर
भएको पिडा सानेले राख्न सकेन रोकेर।२।🌷🌺🌼

उसैको कुरा समेटी यहाँ कविले लेखेको
कविको पनि दुरुस्तै उस्तै जीवन बनेको
लेखेर दिए उत्तम होला मनमा लागेर
वर्णन साथ कविता रूप दिएको लेखेर ।३।🌷🌺🌼

भ्यागुता साथ भुलेर पनि संगत नगर्नू
सर्पको भर परेर दूध कसैले नदिनू
बाँदर साथ मित्रता गाँंसी कसैले नबस्नू
गधाको साथ ज्ञानको वार्ता कसैले नगर्नू ।४। 🌷🌺🌼

बाँदरसाथ बिबेक हुन्न मिलेर बस्दछ
फरक रूप आएको देखे मिलेर डस्दछ
प्रकृतिसाथ मितेर गाँस्नू सत्यता साथमा
कुखुरा नुन पच्दैन गुन मान्छेको जातमा ।५। 🌷🌺🌼

गएको कुरा कसैले पनि सोचेर नबस्नू
भविश्य सोची समय नष्ट कसैले नगर्नू
आफूको घुर्की साथमा फुर्ती कसैले नदिनू
भेडाको हूल गएर भेडो छुटाउन नखोज्नू ।६। 🌷🌺🌼

मानव चल्छ स्वार्थको साथ व्यापार गरेर
गोहीको जस्तो आँसुको धारा सुर्लुक्क निलेर
कसाही अगि रोएको बोको खै किन बिचरा
आगोले पोल्छ सर्पले टोक्छ भ्रममा नपर ।७। 🌷🌺🌼

 

हरि शर्मा
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...