Friday 9th October 2026

कविताः मुल्य र मान्यता – छन्दः देवकोटा प्रिय -हरि शर्मा (गलकोटे कवि)


भाषा र भेष सँस्कृति सबै मानव सभ्यता
सँस्कार अनि चाड र पर्व मूल्य र मान्यता
सन्तान पनि सिकेको राम्रो थपिन्छ भव्यता
देशको भक्ति कदापि छैन माटोमा सिमित ।१।🌷🌺🌼

नियम छैन कानुन छैन हरायो सभ्यता
पुराना कुरा तोडेर फाल्ने यो कस्तो मान्यता
सालिक तोड्ने पुस्तक बाल्ने अनौँठो तरीका
सज्जन सबै रोएका किन परेर बाध्यता ।२।🌷🌺🌼

मुखमा दूध घैँटोमा विष जनले गर्दछ
राष्ट्रको भक्ति माटोमा हैन मुटुमा बस्दछ
स्वदेश बसी कुकर्म गरे देशले सराप्छ
सत्कर्म गरी सबैले जुटी बनाऊँ समाज ।३।🌷🌺🌼

आगामी पुस्ता खै कस्तो बन्छ सँस्कार भाग्दैछ
सभ्यता कुना पसेको देख्दा कहाली लाग्दैछ
भोलिको लागि सोचौँ है हामी जोगाऊँ मान्यता
सिकायो भनी कसैले पनि नलिनू अन्यथा ।४।🌷🌺🌼

दुख्दैछ देश हरायो भेष बढ्दैछ कुकृत्य
भागेर गए पराई भए लक्ष्मी र शारदा
सँस्कृति रोइन् कुनामा बसी हरायो लालित्य
सँस्कार बिना टुहुरो बन्यो भाषा र साहित्य ।५।🌷🌺🌼

लेखेको किन आफूले भनी सोचेमा उत्तम
आफूले यदि नलेखे देखी होला र खतम
सर्जकहरु लेख्नको लागि भनेर नलेखे
देवकोटा बोले उत्तम होला सपनी म देखेँ ।६।🌷🌺🌼

हरि शर्मा 🌷🌺🌼
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...