Tuesday 24th November 2020

ब्यालेट मार्फत देशको लागि सहि नेतृत्व खोज्ने बेला आएको छ -जय नारायण माझी थारू


जय नारायण माझी थारू – जसरी नेपाल र नेपाली जनतालाई कहिले राणाको नाममा कहिले प्रजातन्त्रको नाममा त कहिले गणतन्त्र को नाममा पुँजिवादी भिडतन्तले शताब्दिऔँ देखि राज्यलाई ओछ्यान र जनतालाई नोकर बनाएर राख्यो । जनताको अधिकारलाई बेवास्ता गर्दै हुकुमवाद र हेपाहवादको कोरोनारुपी मान्याता स्थापित गर्याे । ठिक यसैबाट रुपान्तरित गठजोड बाट पाएका शासनसत्तामा भएकाहरुकाे बिगत तथा वर्तमान रवैया २०१७ जस्तो दुरुस्तै छन । भौगोलिक रूपमा हाम्रो देश हिमाल, पहाड, तराई र मधेसी सहित विभिन्न भाषा-भाषी, धर्म-सस्कृति, आ-आफ्नै रहनसहन हुँदा हुँदै पनि यहाँ काखा र पाखा गर्दै आफ्नो आफ्नोलाई काखी च्याप्ने चलनले तमाम जनताको हकहित संरक्षण तथा सम्वर्धन गर्न सकिरहेका छैन ।जसरी भौगोलिक बनावटले बिबिधता छ यस बिबिधतालाई एकतामा परिणत गर्न नसक्नु नेतृत्व वा राजनीतिक पार्टीको बिडम्बना नै हो ।

नेतृत्व र नेता खुल्ला किताब जस्तो प्रष्ट भएन भने नेतृत्वको बारेमा प्रष्ट पढन र बुझ्न सकिंदैन । राजनिज्ञ र राजनीतिक पार्टीको लक्ष्य (गन्तव्य) र सिद्धान्त प्रस्ट हुन सकेन भने राजनीति बिच बाटोमा फालेको फोहोरको थुप्रो जस्तै हुन्छन जुन फोहर डुङडुङती गन्हाउछन । त्यसैले समाज र देशको लागि प्रस्ट भिजन, प्रष्ट सिद्धान्त सहितको राजनितिज्ञ हुनु जरुरी हुन्छ जसरी कम्पास (दिसा निर्देश गर्ने यन्त्र )बिना पानी-जहाज दिशा बिहिन भएर बिच समुन्द्र मै हराउँछ त्यसै गरि राजनीतिमा सहि बिचार प्रष्ट सिद्धान्त, प्रष्ट लक्षय भएन भने देश र त्यस देशका जनता सधै गरीबिको भुमरीको दलदलमा रुमलिरहन्छन ।

यहाँ एउटा प्रसङ्ग जोडें – इतिहासको नियम आफैमा फरक हुन्छ । त्यसैले हामीले इतिहासबाट केही पाठ सुक्नु पर्दछ । जब हामी पशु जगतबाट होमेसेफिन्स नर-वानर बाट बिकसित हुँदै संसारमा फैलिदै अगाडी आयौं । एउटा जंगली युगबाट बिस्तारै खेतिबालीको युग हुँदै अहिलेको एकाइसौ सताब्दिको वैज्ञानिक आधुनिक युगसम्म आईपुगेका छौ । यहाँ सम्म आई पुग्दा पनि सबै मानवको चेतनाको स्तर एउटै हुन सकेको छैन र कहिल्यै पनि हुने छैन तर चेतनाको स्तर एउटै हुन सक्दैन भन्दैमा हामीले त्यसको लागि प्रयास नगर्ने ? कुनैको अलिक पछाडी त कुनैको अलिक अगाडि चेतना खुल्छ् र संसारलाई बुझ्छन् । त्यसैले जो अगुवा मानिसहरू हुन्छन् इतिहासमा तिनीहरुले यो संसारमाब समाज बिकास र परिवर्तनका नियमलाई बुझेर नयाँ नयाँ बाटो देखाउने कुराहरू गरिरहेका हुन्छन तर त्यसलाई धेरै मानिसहरुले शुरुमा बुझ्दैन । त्यसैले कुनैपनि कुरा मानिसको महान बिचारहरु, चिन्तन, परिवर्तनकारी,अग्रगामी, क्रान्तिकारी मानिसहरुलाई उनीहरुको जिवनकालमा धेरै मानिसले बुझ्न र पत्याउन सक्दैन । उदाहरणको लागी महामानव गौतम बुद्ध, जिजिस क्राईस्ट, श्री कृष्ण, श्रीराम लाई पनि यो मानव समाजले छिटै विश्वास गरेको थिएन । बर्तमान युग कै कुरा गर्ने हो भने – बैज्ञानिक ग्यालिलियो ग्यालिलि होस वा निल आर्मस्ट्रङ होस या राईट दाजुभाई होस या अलबर्ड आईस्टाईन भन्नुस तिनीहरुको जिवनकालमा पत्याएका थिएनन् । तिनीहरु लाई पनि बहुला भनेका हुन मानव समाजले । त्यस बेलामा पनि र अहिले पनि ईतिहास र आफ्नै जिवनकालमा मानव समाज र देशलाई बदल्न खोज्नेहरुलाई छिटै समाज र मानव जगतले चिन्दैन र पत्याउँदैन तर वर्तमान नेपाली समाजको मानसपटलमा बिकृती र बिसङ्गतीयुक्त नेतृत्व र राजनीतिक बिचारलाई चाडै अङ्गाल्ने र झोला बोकिहाल्ने नानी देखि लागेको बानी जस्तै भएको छ । राजनीति नोकरी होइन, राजनीति ब्यापार होइन, राजनीति त्याग-तपस्या सहितिको बिशुद्ध समाजसेवाको काम हो । नीति नियम योजना तर्जुमा ताथा सिद्धान्तको कार्य पनि हो । राजनीतिले व्यक्ति आफैलाइ शक्तिशाली बनाउने होइन, परिवारलाई पनि शक्तिशाली बनाउने होइन, जनतालाई चाहिँ शक्तिशाली बनाउने कार्य हो । जनताको आस्थालाई जनता र समाजको निम्ति समर्पित गरेर कार्य गर्नु वास्तविक राजनीति हो मेरो बुझाईमा ।

जनताले साँच्चै नै समिक्षा गर्नुपर्ने बेला आएको छ, हाम्रो राजनीतिक, वैचारिक, सामाजिक, प्राविधिक सबै किसिमको नेतृत्व कति कमसल छन् वा भएर गएका छन् । हामी नेतृत्वमा हुनेले एक पछि अर्को असफलता र ढाकछोप, जसोतसो आफ्नो परिवार,आफन्त, नातागोता, सीमित स्वार्थ र हितरक्षा बाहेक सामुहिक हितको लागि केहि गर्न नसक्ने नेतृत्व बनाईरहेका छौ। राजनैतिक रुटहरु कसरी समस्या सिर्जना गरिरहेका छन ? उचित समाधानका उपाएहरु के के हुन सक्छन भन्ने कुरामा आम जनमानसमा व्यापक विमर्श र बहस हुन जरुरी भएको छ। बेलैमा यस बारेमा हामीले सोचेनौ भने प्रकारान्तमा समाज हुँदै देश रोगी, भोकी, अशान्ति र निरही बन्ने पक्का छ ।

मधेसीलाई धोती भन्न छाडौं, हिमालीलाई भोटे भन्न छाडौं,पहाडीलाई पहाडे भन्न छोडौ । नेपालमा बस्ने सबै नेपाली हुन, देश बिकास र समृद्धिका लागि जाती या समुदाय होइन, देश र समाजको लागि सुहाउँदो राजनीतिक तथा सैद्दान्तिक नेतृत्वलाई अगाडि सारौ । देश र समाज बदल्नको लागि, नयाँ चेतनाको उद्धोसको लागि देश चहर्याइरहेको घाउ जस्तै भएको छ । त्यस घाउमा मल्हम लगाउनको लागी, ब्यालेटको शक्ति मार्फत सहि नेतृत्व अब खोज्नै पर्छ । लोकतन्त्रको सबैभन्दा बढी शक्ति ब्यालेटमा हुन्छ । त्यसैले ब्यालेटको शक्ति कति हुन्छ यी राजनीति दल र नेताहरु लाई बोध गराउ।


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाईदिएका छन्। महोत्तरीको बर्दिबास नगरपालिका…

तितोपाटी- विश्वका १ सय प्रेरणादायी र प्रभावशाली महिलामा नेपालकी एक जना पर्न सफल भएकी छिन् । जीवन कठिन परिस्थितिमा हुँदाहुँदै…

बसन्त थापा- अर्घाखाँची जिल्लाको प्रवेशद्वार गोरुसिंगे देखी सन्धिखर्क सम्मको मुख्य सडकमा खाल्डा खुल्डी भएपछि आवतजावतमा समस्या भोग्नुपरेको वर्षौ भयो । तर अहिलेसम्म…

प्रतिकृयाहरू