Saturday 16th May 2026

ब्यालेट मार्फत देशको लागि सहि नेतृत्व खोज्ने बेला आएको छ -जय नारायण माझी थारू


जय नारायण माझी थारू – जसरी नेपाल र नेपाली जनतालाई कहिले राणाको नाममा कहिले प्रजातन्त्रको नाममा त कहिले गणतन्त्र को नाममा पुँजिवादी भिडतन्तले शताब्दिऔँ देखि राज्यलाई ओछ्यान र जनतालाई नोकर बनाएर राख्यो । जनताको अधिकारलाई बेवास्ता गर्दै हुकुमवाद र हेपाहवादको कोरोनारुपी मान्याता स्थापित गर्याे । ठिक यसैबाट रुपान्तरित गठजोड बाट पाएका शासनसत्तामा भएकाहरुकाे बिगत तथा वर्तमान रवैया २०१७ जस्तो दुरुस्तै छन । भौगोलिक रूपमा हाम्रो देश हिमाल, पहाड, तराई र मधेसी सहित विभिन्न भाषा-भाषी, धर्म-सस्कृति, आ-आफ्नै रहनसहन हुँदा हुँदै पनि यहाँ काखा र पाखा गर्दै आफ्नो आफ्नोलाई काखी च्याप्ने चलनले तमाम जनताको हकहित संरक्षण तथा सम्वर्धन गर्न सकिरहेका छैन ।जसरी भौगोलिक बनावटले बिबिधता छ यस बिबिधतालाई एकतामा परिणत गर्न नसक्नु नेतृत्व वा राजनीतिक पार्टीको बिडम्बना नै हो ।

नेतृत्व र नेता खुल्ला किताब जस्तो प्रष्ट भएन भने नेतृत्वको बारेमा प्रष्ट पढन र बुझ्न सकिंदैन । राजनिज्ञ र राजनीतिक पार्टीको लक्ष्य (गन्तव्य) र सिद्धान्त प्रस्ट हुन सकेन भने राजनीति बिच बाटोमा फालेको फोहोरको थुप्रो जस्तै हुन्छन जुन फोहर डुङडुङती गन्हाउछन । त्यसैले समाज र देशको लागि प्रस्ट भिजन, प्रष्ट सिद्धान्त सहितको राजनितिज्ञ हुनु जरुरी हुन्छ जसरी कम्पास (दिसा निर्देश गर्ने यन्त्र )बिना पानी-जहाज दिशा बिहिन भएर बिच समुन्द्र मै हराउँछ त्यसै गरि राजनीतिमा सहि बिचार प्रष्ट सिद्धान्त, प्रष्ट लक्षय भएन भने देश र त्यस देशका जनता सधै गरीबिको भुमरीको दलदलमा रुमलिरहन्छन ।

यहाँ एउटा प्रसङ्ग जोडें – इतिहासको नियम आफैमा फरक हुन्छ । त्यसैले हामीले इतिहासबाट केही पाठ सुक्नु पर्दछ । जब हामी पशु जगतबाट होमेसेफिन्स नर-वानर बाट बिकसित हुँदै संसारमा फैलिदै अगाडी आयौं । एउटा जंगली युगबाट बिस्तारै खेतिबालीको युग हुँदै अहिलेको एकाइसौ सताब्दिको वैज्ञानिक आधुनिक युगसम्म आईपुगेका छौ । यहाँ सम्म आई पुग्दा पनि सबै मानवको चेतनाको स्तर एउटै हुन सकेको छैन र कहिल्यै पनि हुने छैन तर चेतनाको स्तर एउटै हुन सक्दैन भन्दैमा हामीले त्यसको लागि प्रयास नगर्ने ? कुनैको अलिक पछाडी त कुनैको अलिक अगाडि चेतना खुल्छ् र संसारलाई बुझ्छन् । त्यसैले जो अगुवा मानिसहरू हुन्छन् इतिहासमा तिनीहरुले यो संसारमाब समाज बिकास र परिवर्तनका नियमलाई बुझेर नयाँ नयाँ बाटो देखाउने कुराहरू गरिरहेका हुन्छन तर त्यसलाई धेरै मानिसहरुले शुरुमा बुझ्दैन । त्यसैले कुनैपनि कुरा मानिसको महान बिचारहरु, चिन्तन, परिवर्तनकारी,अग्रगामी, क्रान्तिकारी मानिसहरुलाई उनीहरुको जिवनकालमा धेरै मानिसले बुझ्न र पत्याउन सक्दैन । उदाहरणको लागी महामानव गौतम बुद्ध, जिजिस क्राईस्ट, श्री कृष्ण, श्रीराम लाई पनि यो मानव समाजले छिटै विश्वास गरेको थिएन । बर्तमान युग कै कुरा गर्ने हो भने – बैज्ञानिक ग्यालिलियो ग्यालिलि होस वा निल आर्मस्ट्रङ होस या राईट दाजुभाई होस या अलबर्ड आईस्टाईन भन्नुस तिनीहरुको जिवनकालमा पत्याएका थिएनन् । तिनीहरु लाई पनि बहुला भनेका हुन मानव समाजले । त्यस बेलामा पनि र अहिले पनि ईतिहास र आफ्नै जिवनकालमा मानव समाज र देशलाई बदल्न खोज्नेहरुलाई छिटै समाज र मानव जगतले चिन्दैन र पत्याउँदैन तर वर्तमान नेपाली समाजको मानसपटलमा बिकृती र बिसङ्गतीयुक्त नेतृत्व र राजनीतिक बिचारलाई चाडै अङ्गाल्ने र झोला बोकिहाल्ने नानी देखि लागेको बानी जस्तै भएको छ । राजनीति नोकरी होइन, राजनीति ब्यापार होइन, राजनीति त्याग-तपस्या सहितिको बिशुद्ध समाजसेवाको काम हो । नीति नियम योजना तर्जुमा ताथा सिद्धान्तको कार्य पनि हो । राजनीतिले व्यक्ति आफैलाइ शक्तिशाली बनाउने होइन, परिवारलाई पनि शक्तिशाली बनाउने होइन, जनतालाई चाहिँ शक्तिशाली बनाउने कार्य हो । जनताको आस्थालाई जनता र समाजको निम्ति समर्पित गरेर कार्य गर्नु वास्तविक राजनीति हो मेरो बुझाईमा ।

जनताले साँच्चै नै समिक्षा गर्नुपर्ने बेला आएको छ, हाम्रो राजनीतिक, वैचारिक, सामाजिक, प्राविधिक सबै किसिमको नेतृत्व कति कमसल छन् वा भएर गएका छन् । हामी नेतृत्वमा हुनेले एक पछि अर्को असफलता र ढाकछोप, जसोतसो आफ्नो परिवार,आफन्त, नातागोता, सीमित स्वार्थ र हितरक्षा बाहेक सामुहिक हितको लागि केहि गर्न नसक्ने नेतृत्व बनाईरहेका छौ। राजनैतिक रुटहरु कसरी समस्या सिर्जना गरिरहेका छन ? उचित समाधानका उपाएहरु के के हुन सक्छन भन्ने कुरामा आम जनमानसमा व्यापक विमर्श र बहस हुन जरुरी भएको छ। बेलैमा यस बारेमा हामीले सोचेनौ भने प्रकारान्तमा समाज हुँदै देश रोगी, भोकी, अशान्ति र निरही बन्ने पक्का छ ।

मधेसीलाई धोती भन्न छाडौं, हिमालीलाई भोटे भन्न छाडौं,पहाडीलाई पहाडे भन्न छोडौ । नेपालमा बस्ने सबै नेपाली हुन, देश बिकास र समृद्धिका लागि जाती या समुदाय होइन, देश र समाजको लागि सुहाउँदो राजनीतिक तथा सैद्दान्तिक नेतृत्वलाई अगाडि सारौ । देश र समाज बदल्नको लागि, नयाँ चेतनाको उद्धोसको लागि देश चहर्याइरहेको घाउ जस्तै भएको छ । त्यस घाउमा मल्हम लगाउनको लागी, ब्यालेटको शक्ति मार्फत सहि नेतृत्व अब खोज्नै पर्छ । लोकतन्त्रको सबैभन्दा बढी शक्ति ब्यालेटमा हुन्छ । त्यसैले ब्यालेटको शक्ति कति हुन्छ यी राजनीति दल र नेताहरु लाई बोध गराउ।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...