Wednesday 28th January 2026

पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरि ८ हजार ७ सय ५३ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित फेला परेका हुन्।
यो वृद्धिसँगै नेपालमा कोरोना पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख आठ हजार नाघेको छ ।
हाm पुष्टि भएका ३६ हजार ४ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।
सरकारी तथ्याङ्कअनुसार शनिबारसम्म नेपालमा १ हजार २ सय १५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

२४ घण्टाको अवधिमा थप २ हजार ५ सय ३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएको सरकारी तथ्याङ्क छ। सङ्क्रमितहरू निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...