Monday 23rd March 2026

सकियो नेकपा सचिवालय बैठक, मंसिर ३ गते फेरि बस्ने


तितोपाटी- नेकपा सचिवालय कमिटीको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिब १ घण्टा बसेको बैठक सकिएको हो। पार्टी सचिवालयको अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने भएको छ।
गत असोज १९ पछि शुक्रबार पहिलो पटक बसेको बैठकमा अध्यक्षद्वयबीच आदानप्रदान भएका पत्रहरू सबै सचिवायलय सदस्यहरूलाई वितरण गरिएको छ। पार्टीभित्रको विवाद, भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेट, कर्णाली विद्रोह, पर्सामा कार्यकर्ता हत्या र यसअघिको स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनका विषयमा समीक्षा गर्ने एजेन्डा तय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।बैठक पुनः मंसिर ३ मा हुने तय भएको समेत प्रवक्ता श्रेष्ठले बताए।
नेकपा विवाद उत्कर्षमा पुगेको बेला बसिरहेको बैठकलाई महत्त्वका साथ हेरिएको थियो। भदौ २६ मा सकिएको स्थायी कमिटीको बैठकले गरेका निर्णयहरु कार्यान्वयन नभएको भन्दै नेकपाभित्र विवाद चर्किएको थियो।

सचिवालयका बहुमत सदस्यहरु प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले अघिल्लो शुक्रबार अनौपचारिक बैठक बसेर ओलीलाई बैठकका लागि अनुरोध गर्ने निर्णय गरेका थिए। सोही अनुसार शनिबार प्रधानमन्त्रीलाई भेटेर पत्रमार्फत बैठकमा सहमति जनाउन भनेका थिए। तर ओलीले एजेन्डामा सहमति नभइ बैठक नबस्ने बताउँदै आएका थिए। बहुमत पक्षले भने बैठकबारे सबै छिनोफानो गर्नुपर्ने बताउँदै आएका थिए।
त्यसैले सचिवालय बैठकलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाइरहेका थिए। बहुमत पक्षले ओली तयार नभए पनि बैठक बोलाएर निर्णय गर्ने तयारी गरेपछि उनी बैठक बोलाउन तयार भएका थिए। जसअनुसार, बिहीबार महासचिव विष्णु पौडेलमार्फत बैठक बोलाइएको थियो।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...