Monday 23rd March 2026

राजदूत पाउन पदको दुरुपयोग नगरेको लोकदर्शन रेग्मीको स्पष्टीकरण


तितोपाटी- बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन् ।

संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदको प्रश्नको जवाफ दिँदै रेग्मीले राजदूत पाउन आफूले पदको दुरुपयोग नगरेको स्पष्ट पारेका हुन् । सनुवाइका क्रममा सांसदले राजदूत पाउनका लागि मुख्य सचिवबाट राजीनामा दिएको भन्दै प्रश्न गरेका थिए ।
प्रस्तावित राजदूत रेग्मीले अहिलेको संविधान र कानुनबमोजिम सरकारले गरेको निर्णयलाई शिरोधार्य गरेको बताए । तर पद पाउनैका लागि मात्रै राजीनामा नगरेको पनि उनले स्पष्ट पारे । राजदूत पद परराष्ट्र मन्त्रालयको मात्रै विषय नभएकाले यसलाई मुलुकको प्रतिनिधित्वको रूपमा लिनुपर्ने बताए ।
यस्तै, सार्वजनिक पदमा रहेका बेला आफूले कुनै किसिमको आर्थिक अनियमितता नगरेको, आर्थिक आर्जन गरी कुनै पनि व्यक्तिको नाउँमा रकम नराखेको बताउँदै राज्यका जुनसुकै निकायबाट छानबिन भएमा आफू सघाउन तयार रहेको बताए ।

सनुवाइमा सांसदले मुख्य सचिवमा पदबाहली रहेको बेला राजीनामा दिएर राजदूतको सिफरिस लिन जाँदा कर्मचारीतन्त्रको रूपरेखा बिग्रिएको भन्दै आपत्ति जनाएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले मुख्यसचिव पद बीचैमा छाडेर हिँडदा कर्मचारीतन्त्रकै रूपरेखा बदलिएको बताए ।
सरकारी नोकरी सकिएपछि तत्काल अर्को नियुक्तीमा जानुपर्ने प्रवृति देखा परेको भन्दै त्यसलाई नियन्त्रण गर्न कुलिङ पिरियडको व्यवस्था गर्नुपर्ने स्थिति देखिएको उनले बताए । नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले पनि मुख्यसचिव हुँदाहुँदै राजीनामा दिएर अर्को नियुक्ती लिदा कर्मचारी तन्त्रमा नराम्रो असर परेको बताइन् ।
मुख्य सचिवबाट दिएको राजीनामाको सिफारिस भएको मन्त्रिपरिषद् बैठकबाटै राजदूत सिफरिस हुनुले पदको दुरुपयोग गरिएको हुनसक्ने सांसदले बताएका हुन् । तर, रेग्मीले अहिलेको संविधान र कानुनबमोजिम सरकारले गरेको निर्णयलाई नै आफूले शिरोधार्य गरेको जवाफ दिए । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...