Monday 19th January 2026

प्रस्तावित ३ राजदूत सर्वसम्मतिले अनुमोदित


तितोपाटी- सरकारबाट विभिन्न देशका लागि प्रस्तावित राजदूतहरु संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन्। बिहीबार बसेको समितिको बैठकले राजदूतहरुमाथि सुनुवाइ गरेको थियो।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिका लागि नेपाली राजदूतको पदमा नियुक्तिका लागि क्रमशः डा युवराज खतिवडा, लोकदर्शन रेमी तथा डा निर्मलकुमार विश्वकर्मालाई प्रस्ताव गरिएको थियो।

‘सुनुवाइ समितिको कार्यविधि, २०७५ बमोजिम डा युवराज खतिवडा, श्री लोकदर्शन रेग्मी तथा डा निर्मलकुमार विश्वकर्माको सुनुवाई गर्दा प्रस्तावित व्यक्तिहरुको योग्यता, क्षमता र अनुभवको आधारमा उक्त पदका लागि योग्य देखिनुभएको हुँदा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन) नियमावली, २०७४ को नियम २६ को उपनियम (५) बमोजिम डा युवराज खतिवडा, श्री लोकदर्शन रेग्मी तथा डा निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरियो’, सुनुवाइ समितिको निर्णयमा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...