Wednesday 28th January 2026

चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने


तितोपाटी- कोरोना पुष्टि भएपछि उपचाररत राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।  बैठकपछि उनले ट्वीट गरे, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रीपरिषद्को बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’

बुधबार कोरोना पुष्टि भएका केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...